सुरुङ्गा (झापा), ३० भदौ । झापाका ११ वटा सहकारी संस्थाबीच एकीकरण भएको छ ।
डिभिजन सहकारी कार्यालय झापाले दिएको जानकारीअनुसार कार्य क्षेत्र एउटै, कारोबार उस्तै र वित्तीय सङ्कटका कारण जिल्लाका वटा सहकारी कार्यालय संस्था एकीकरण भएका हुन् । सयपत्री बचत तथा ऋण सहकारी संस्था र व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था भएको छ ।
त्यस्तै सतासी महिला कृषि सहकारी र सतासी माहुरीपालन सहकारी संस्थाबीच एकीकरण हुँदै सतासी माहुरीपालन सहकारी संस्था भएको छ । भरोसा महिला बचत तथा ऋण सहकारी संस्थामेची नगर र परिचय महिला बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर परिचय महिला बचत तथा ऋण सहकारी संस्थामा परिणत भएको सहकारी डिभिजन कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै नागबेली कृषि सहकारी र अनमोल सुपारी सहकारीबीच एकीकरण भएर नागबेली सुपारी उत्पादन सहकारी संस्था तथा पतञ्जलि, मकालु र चन्द्रगढी बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।
त्यस्तै १० वटा सहकारी संस्थाको एकीकरणको तयारीमा रहेको पनि कार्यालयका प्रमुख पोखरेलले बताउनुभयो ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण