
काठमाडौँ, ३० भदौ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनभित्रै जारी हुने भएकाले आफ्नो ध्यान पार्टीलाई सुदृढ गर्नमा लाग्नेतर्फ केन्द्रित हुने बताउनुभएको छ ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित स्वर्गीय नेता पोष्टबहादुर बोगटीको पहिलो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगत ७० वर्षदेखि नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान लेख्ने चाहना पूरा भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले संविधान लेखन प्रक्रियाले पूर्णता पाएपछि पार्टीलाई एकीकृत र केन्द्रीकृत गर्ने अभियानमा पार्टीको सम्पूर्ण शक्ति लाग्ने बताउँदै हाल प्राप्त भएको उपलब्धीमा टेकेर थप उपलब्धीका लागि सङ्घर्ष गर्ने अध्यक्ष दाहालको कथन थियो ।
लामो समयदेखि संविधान लेखन प्रक्रियामा लाग्दा अन्य महत्वपूर्ण विषय छुटेको भन्दै उहाँले आगामी दिनमा जनताको एजेण्डामा झन् प्रतिबद्ध भएर लाग्ने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले आफ्नो पार्टीले २०५७ सालमा सम्पन्न गरेको दोस्रो राष्ट्रिय सम्मेलनले संविधानसभामार्फत संविधान लेखनको कामलाई अगाडि बढाउने निर्णय गरेको स्मरण गर्दै संविधानसभाको महत्वपूर्ण कार्यभारबाट आफूहरू पछाडि हट्न नसक्ने तर्क गर्नुभयो ।
उहाँले नेपाली राजनीतिक नेतृत्वमा इमान्दारिता र नैतिकताको खडेरी परेका बेला स्वर्गीय नेता बोगटीले देखाउनुभएको मार्गलाई आत्मसात् गर्दै अगाडि बढ्नु नै महत्वपूर्ण कार्यभार भएको बताउनुभयो । सो अवसरमा उहाँले स्वर्गीय नेता इमान्दारिता र पारदर्शीताको प्रतीक रहनुभएकाले नेपाली राजनीतिमा उहाँको अभाव सधँै खड्किरहने बताउनुभयो ।
कार्यक्रममा एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्वर्गीय नेता बोगटीले जनयुद्ध, जनआन्दोलन तथा नेपालको कम्युनिस्ट आन्दोलनमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । गत साल हृदयाघात भएपछि नर्भिक अस्पतालमा उपचारको क्रममा भदौ ३० गते नै एमाओवादीका उपाध्यक्षसमेत रहनुभएका बोगटीको निधन भएको थियो ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव