
काठमाडौँ, ३० भदौ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनभित्रै जारी हुने भएकाले आफ्नो ध्यान पार्टीलाई सुदृढ गर्नमा लाग्नेतर्फ केन्द्रित हुने बताउनुभएको छ ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित स्वर्गीय नेता पोष्टबहादुर बोगटीको पहिलो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगत ७० वर्षदेखि नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान लेख्ने चाहना पूरा भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले संविधान लेखन प्रक्रियाले पूर्णता पाएपछि पार्टीलाई एकीकृत र केन्द्रीकृत गर्ने अभियानमा पार्टीको सम्पूर्ण शक्ति लाग्ने बताउँदै हाल प्राप्त भएको उपलब्धीमा टेकेर थप उपलब्धीका लागि सङ्घर्ष गर्ने अध्यक्ष दाहालको कथन थियो ।
लामो समयदेखि संविधान लेखन प्रक्रियामा लाग्दा अन्य महत्वपूर्ण विषय छुटेको भन्दै उहाँले आगामी दिनमा जनताको एजेण्डामा झन् प्रतिबद्ध भएर लाग्ने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले आफ्नो पार्टीले २०५७ सालमा सम्पन्न गरेको दोस्रो राष्ट्रिय सम्मेलनले संविधानसभामार्फत संविधान लेखनको कामलाई अगाडि बढाउने निर्णय गरेको स्मरण गर्दै संविधानसभाको महत्वपूर्ण कार्यभारबाट आफूहरू पछाडि हट्न नसक्ने तर्क गर्नुभयो ।
उहाँले नेपाली राजनीतिक नेतृत्वमा इमान्दारिता र नैतिकताको खडेरी परेका बेला स्वर्गीय नेता बोगटीले देखाउनुभएको मार्गलाई आत्मसात् गर्दै अगाडि बढ्नु नै महत्वपूर्ण कार्यभार भएको बताउनुभयो । सो अवसरमा उहाँले स्वर्गीय नेता इमान्दारिता र पारदर्शीताको प्रतीक रहनुभएकाले नेपाली राजनीतिमा उहाँको अभाव सधँै खड्किरहने बताउनुभयो ।
कार्यक्रममा एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्वर्गीय नेता बोगटीले जनयुद्ध, जनआन्दोलन तथा नेपालको कम्युनिस्ट आन्दोलनमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । गत साल हृदयाघात भएपछि नर्भिक अस्पतालमा उपचारको क्रममा भदौ ३० गते नै एमाओवादीका उपाध्यक्षसमेत रहनुभएका बोगटीको निधन भएको थियो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा