
हरितालिका तीज पर्वको उपलक्ष्यमा पूजाआजा एवम् दर्शनका लागि बिहानैदेखि पशुपति मन्दिर पुगेका व्रतालु महिलाहरु सेल्फी तस्बिर कैद गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडाँै, ३० भदौ । हरितालिका तीज पर्वको उपलक्ष्यमा व्रत बसेका व्रतालु महिला पूजाआजा एवम् दर्शनका लागि आज बुधवार बिहानैदेखि पशुपति मन्दिरमा भेला भएका छन् ।
व्रतालु महिलाका लागि व्यवस्थित ढङ्गले दर्शन गराउन तीनतिरबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए ।
तीनवटै लाइन भीड र लामो भए पनि आधा घन्टाभित्र दर्शनार्थीले पूजा एवम् दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको हरितालिका तीज व्यवस्थापन समितिका संयोजक एवम् कोषकी सदस्य बबिता पौडेलले बताइन् ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता