
राष्ट्रिय लिग फुटबलमा शसत्र प्रहरीबलका खेलाडी सेतो जर्सीमा र थ्रि स्टार क्लव निलो जर्सीका खेलाडीहरु एक आपसमा बल नियन्त्रणमा लिने प्रयास गर्दै । तस्बिर ः प्रदीपराज वन्त रासस
काठमाडौँ, २९ भदौ । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेसको खेल मैदानमा भएको सो प्रतियोगितामा थ्रीस्टारले एपिएपललाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै थ्रीस्टार १४ अङ्कका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै मोफसलको झापा फुटबल क्लब १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने १४ अङ्कका साथ एपिएफ तेस्रो स्थानमा छ ।
थ्रीस्टारका लागि पहिलो अग्रता भने विदेशी खेलाडी सेगुनले लिए । उनले खेल सुरुवाती १० औँ मिनेटमा पहिलो गोल गर्दै थ्रीस्टारको लागि खाता खोले । त्यस्तै एपिएफका खेलाडी हेमन गुरुङले खेलको पहिलो हाफको २८ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
तर त्यो एक एक गोलको बराबरी भने लामो समयसम्म टिक्न सकेन थ्रिस्टारका खेलाडी जगजित श्रेष्ठले खेलको पहिलो हाफको ३७ औँ मिनेटमा एक गोल गरेपछि थ्रीस्टार खेलको पहिलो हाफसम्म २–१ गोलअन्तरले अगाडि रह्यो ।
त्यसैगरी खेलको ५८ औँ मिनेटमा थ्रीस्टारका अर्का खेलाडी विजय गुरुङले एक गोल थपे भने खेलको दोस्रो हाफको इन्जुरी समयमा जगजितले पुन एक गोल थप्दै थ्रीस्टारलाई ४–१ को सहज जित दिलाए ।
जारी प्रतियोगितामा मोफसलका चार र ’ए’ डिभिजनका विभागीय तीन टोलीसहित पाँच क्लब गरी नौ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण