काठमाडौँ, २९ भदौ । सर्वोच्च अदालतले देशका विभिन्न भागमा भइरहेको आन्दोलनका क्रममा सुरक्षाकर्मीले घातक हतियारको प्रयोग गरेको भए त्यसलाई रोक्न अन्तरिम आदेश दिएको छ ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट घातक अश्रुग्यास र कानुनविपरीत आन्दोलनकारीको घुँडाभन्दा माथि गोली प्रहार गरिएको जनाई यही भदौ १७ गते पर्सा वीरगन्जकी विस्मिलाह खातुनको वारेस भई रक्षाराम हरिजनले दिएको निवेदनमाथि आज न्यायाधीश वैजनाथ उपाध्याय र दीपकराज जोशीको संयुक्त इजलासले कानुनको अधीनमा रही बल प्रयोग गर्न आदेश दिएको हो ।
अदालतका प्रवक्ता नहकुल सुवेदीले शान्तिसुरक्षा कायम गर्नु सरकारको दायित्व भए पनि निवेदनबमोजिम आन्दोलनमा रासायनिक अश्रुग्यास र घातक हतियार प्रयोग गरिएकोे भए त्यस्तो हतियार प्रयोग नगर्न आज फैसला आएको बताउनुभयो ।
आदेशमा स्थानीय प्रशासन ऐनले तोकेको मापदण्डभित्र रही बल प्रयाग गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता