काठमाडौँ, २९ भदौ । सर्वोच्च अदालतले देशका विभिन्न भागमा भइरहेको आन्दोलनका क्रममा सुरक्षाकर्मीले घातक हतियारको प्रयोग गरेको भए त्यसलाई रोक्न अन्तरिम आदेश दिएको छ ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट घातक अश्रुग्यास र कानुनविपरीत आन्दोलनकारीको घुँडाभन्दा माथि गोली प्रहार गरिएको जनाई यही भदौ १७ गते पर्सा वीरगन्जकी विस्मिलाह खातुनको वारेस भई रक्षाराम हरिजनले दिएको निवेदनमाथि आज न्यायाधीश वैजनाथ उपाध्याय र दीपकराज जोशीको संयुक्त इजलासले कानुनको अधीनमा रही बल प्रयोग गर्न आदेश दिएको हो ।
अदालतका प्रवक्ता नहकुल सुवेदीले शान्तिसुरक्षा कायम गर्नु सरकारको दायित्व भए पनि निवेदनबमोजिम आन्दोलनमा रासायनिक अश्रुग्यास र घातक हतियार प्रयोग गरिएकोे भए त्यस्तो हतियार प्रयोग नगर्न आज फैसला आएको बताउनुभयो ।
आदेशमा स्थानीय प्रशासन ऐनले तोकेको मापदण्डभित्र रही बल प्रयाग गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा धुमधामले मनाइयो सोनाम ल्होछार
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : ३ हजार ४८४ जनाले गराए उम्मेदवारी दर्ता
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]