काठमाडौँ, २९ भदौ । नेपालमा लोकतान्त्रिक प्रक्रिया र आर्थिक विकासका लागि जग प्रदान गर्न नयाँ संविधान लेखन प्रक्रिया महत्वपूर्ण हुने संयुक्त राज्य अमेरिकाले जनाएको छ ।
अमेरिकाका विदेश मन्त्रालयका प्रवक्ता जोन किर्वीले विज्ञप्ति जारी गर्दै नेपालमा जारी संविधान लेखनको अन्तिम प्रक्रियालाई आफ्नो मुलुकले नजिकबाट नियालिरहेको जनाउनुभएको छ ।
संविधानसभामा मतदान प्रक्रिया जारी रहेको बेला यो दस्तावेजले रचनात्मक, समावेशीता र लचकतालाई बढोत्तरी गर्दै शान्तपूर्ण र समृद्ध नेपाल निर्माण गर्न सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ ।
नयाँ संविधानले लैङ्गिक समानता र आधारभूत स्वतन्त्रताजस्ता मौलिक हकको सम्मान गर्ने अमेरिकाले विश्वास लिएको विज्ञप्तिमा जनाएको छ ।
सबैलाई शान्तिपूर्ण, अहिंसात्मक बाटोबाट आफ्नो कुरा राख्न र सुरक्षा निकायलाई संयम हुन पनि अमेरिकाले आग्रह गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते