काठमाडौँ, २९ भदौ । नेपालमा लोकतान्त्रिक प्रक्रिया र आर्थिक विकासका लागि जग प्रदान गर्न नयाँ संविधान लेखन प्रक्रिया महत्वपूर्ण हुने संयुक्त राज्य अमेरिकाले जनाएको छ ।
अमेरिकाका विदेश मन्त्रालयका प्रवक्ता जोन किर्वीले विज्ञप्ति जारी गर्दै नेपालमा जारी संविधान लेखनको अन्तिम प्रक्रियालाई आफ्नो मुलुकले नजिकबाट नियालिरहेको जनाउनुभएको छ ।
संविधानसभामा मतदान प्रक्रिया जारी रहेको बेला यो दस्तावेजले रचनात्मक, समावेशीता र लचकतालाई बढोत्तरी गर्दै शान्तपूर्ण र समृद्ध नेपाल निर्माण गर्न सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ ।
नयाँ संविधानले लैङ्गिक समानता र आधारभूत स्वतन्त्रताजस्ता मौलिक हकको सम्मान गर्ने अमेरिकाले विश्वास लिएको विज्ञप्तिमा जनाएको छ ।
सबैलाई शान्तिपूर्ण, अहिंसात्मक बाटोबाट आफ्नो कुरा राख्न र सुरक्षा निकायलाई संयम हुन पनि अमेरिकाले आग्रह गरेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा