उहाँहरुबीच संविधान निर्माण प्रक्रिया र देशको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपति यादवले प्रधानमन्त्री कोइरालालाई टेलिफोन गरी असन्तुष्ट पक्षको माग सम्बोधन गर्न लम्ब्याइएको समयसीमालाई समस्या समाधानको अवसरका रुपमा उपयोग गर्न सुझाव दिनुभएको थियो । अहिले तराईलगायतका क्षेत्रमा आन्दोलन गरिरहेका समूहहरुलाई सहमत नगराई राम्रो संविधान नबन्ने भएकाले २–४ दिन समय थपेर भएपनि सहमति खोज्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कोइरालालाई वार्ताबाटै सहमति खोज्न सुझाव दिँदै उहाँले असन्तुष्ट पक्षलाई लोकतान्त्रिक ढंगबाट विरोधका कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गर्नुभएको प्रेस सल्लाहकार दाहालले बताउनुभयो ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता