भक्तपुर, २६ भदौ । उद्योग मन्त्री महेश बस्नेतले हिंसाको राजनीतिले अब कुनै हालतमा संविधान नरोकिने बताएका छन् ।
भक्तपुर बहिरा सङ्घको १९ औँ वार्षिक साधारणसभाको शनिवार यहाँ उद्घाटन गर्दै उनले संविधान जारी गर्न नदिन तराईमा हिंसाको राजनीति गरेपनि त्यो सफल नहुने बताए ।
हिंसात्मक गतिविधि गरेर मधेसलाई पहिचानसहितको छुट्टै राज्य बनाउनुपर्ने माग राखेर गरिएको आन्दोलन गलत भएको उनको भनाइ थियो ।
सरकारले वार्ताको आह्वान गरिसकेकाले तत्काल समस्या समाधान गर्न आन्दोलनरत मधेसवादी दलका नेतालाई उनले आग्रह गरे ।
कार्यक्रममा यसवर्षको प्रवेशिका परीक्षामा उतीर्ण हुने तीनजना बहिरा विद्यार्थीलाई सम्मान गर्दै सरकारले बहिराहरूका लागि साङ्केतिक एवम् दोभाषेको व्यवस्था गर्नुपर्ने माग बस्नेतको थियो ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ