ललितपुर, २६ भदौ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले ऐतिहासिक नगरी खोकना र बुङ्मतीमा रहेका सम्पदा पुनःनिर्माणमा सहयोग गरिने बताएका छन् ।
ललितपुर विकासका लागि समाज संस्थाको शनिबार भएको नवौं वार्षिक साधारणसभामा उनले वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्राचीन नगरी ललितपुरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विश्व सम्पदामा रहेका संस्कृति र सम्पदा जोगाइराख्न भारत सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नो संस्कृति र सम्पदा बचाउन देशकै जिम्मेवारी भएकाले यस कार्यमा भारत सरकारबाट सहयोग गर्ने मात्र हो भन्दै उनले पुनःनिर्माण कार्यमा यहाँका नेतृत्वमा भएको दृढ विश्वासले सबैको मन जित्न सफल हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्याक्ष प्रा डा गोविन्दराज पोखरेलले पुनःनिर्माण कार्यमा आम नेपाली एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष बुद्धिराज बज्राचार्यले ललितपुर विकासका लागि आफ्नो संस्थाबाट आवश्यक पहल गरिरहेको बताए ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?