ललितपुर, २६ भदौ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले ऐतिहासिक नगरी खोकना र बुङ्मतीमा रहेका सम्पदा पुनःनिर्माणमा सहयोग गरिने बताएका छन् ।
ललितपुर विकासका लागि समाज संस्थाको शनिबार भएको नवौं वार्षिक साधारणसभामा उनले वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्राचीन नगरी ललितपुरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विश्व सम्पदामा रहेका संस्कृति र सम्पदा जोगाइराख्न भारत सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नो संस्कृति र सम्पदा बचाउन देशकै जिम्मेवारी भएकाले यस कार्यमा भारत सरकारबाट सहयोग गर्ने मात्र हो भन्दै उनले पुनःनिर्माण कार्यमा यहाँका नेतृत्वमा भएको दृढ विश्वासले सबैको मन जित्न सफल हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्याक्ष प्रा डा गोविन्दराज पोखरेलले पुनःनिर्माण कार्यमा आम नेपाली एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष बुद्धिराज बज्राचार्यले ललितपुर विकासका लागि आफ्नो संस्थाबाट आवश्यक पहल गरिरहेको बताए ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता