
नयाँ दिल्ली, २५ भदौ । भारतमा सन् २००६ मा भएको एक आतङ्ककारी हमलाका लागि यहाँको अदालतले १२ जनालाई दोषी ठहर गरेको समाचार छ ।
मुम्बईमा सन् २००६ मा भएको आतङ्ककारी हमलामा परी कम्तीमा पनि १९० जनाको ज्यान गएको थियो ।
भारतीय आर्थिक राजधानी मानिएको मुम्बई सहरमा रेलमा बम आक्रमण गरी सर्वसाधारणको ज्यान लिएका थिए ।
साँझको समयमा गरिएको सो हमलामा परी अरु ८०० जना नराम्ररी घाइते भएका थिए । शृङ्खलाबद्ध रुपमा बम हमला भएको थियो ।
सो मुद्दामा नौ वर्षको अनुसन्धानपछि शुक्रबार नयाँ दिल्लीको एक अदालतले सो सजाय सुनाएको हो ।
उनीहरुलाई दिइने दण्डको बारेमा भने सोमबार निर्णय हुनेछ । सोमबार ती अभियुक्तलाई दण्ड जरिवना सुनाइने बताइएको छ ।
यसअघि प्रहरीले आतङ्ककारीको आरोपमा ३० जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । ती मध्ये १३ जना पाकिस्तानी नागरिक पनि थिए ।
तिनै मध्येका १२ जनालाई अदालतले दोषी ठहर गरेको समाचारमा जनाइएको छ । दोषीमध्येका तीन जनालाई पक्राउ गर्न सकिएको छैन ।
झोलामा राखिएका बम पत्रिकाले छोपेर रेलको सिटमुनि राखिएको थियो । तिनै झोला पड्किदा उक्त रेलमा रहेका १९० जनाको ज्यान गएको थियो भने ८०० जनाजति घाइते भएका थिए ।
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान