
नयाँ दिल्ली, २५ भदौ । भारतमा सन् २००६ मा भएको एक आतङ्ककारी हमलाका लागि यहाँको अदालतले १२ जनालाई दोषी ठहर गरेको समाचार छ ।
मुम्बईमा सन् २००६ मा भएको आतङ्ककारी हमलामा परी कम्तीमा पनि १९० जनाको ज्यान गएको थियो ।
भारतीय आर्थिक राजधानी मानिएको मुम्बई सहरमा रेलमा बम आक्रमण गरी सर्वसाधारणको ज्यान लिएका थिए ।
साँझको समयमा गरिएको सो हमलामा परी अरु ८०० जना नराम्ररी घाइते भएका थिए । शृङ्खलाबद्ध रुपमा बम हमला भएको थियो ।
सो मुद्दामा नौ वर्षको अनुसन्धानपछि शुक्रबार नयाँ दिल्लीको एक अदालतले सो सजाय सुनाएको हो ।
उनीहरुलाई दिइने दण्डको बारेमा भने सोमबार निर्णय हुनेछ । सोमबार ती अभियुक्तलाई दण्ड जरिवना सुनाइने बताइएको छ ।
यसअघि प्रहरीले आतङ्ककारीको आरोपमा ३० जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । ती मध्ये १३ जना पाकिस्तानी नागरिक पनि थिए ।
तिनै मध्येका १२ जनालाई अदालतले दोषी ठहर गरेको समाचारमा जनाइएको छ । दोषीमध्येका तीन जनालाई पक्राउ गर्न सकिएको छैन ।
झोलामा राखिएका बम पत्रिकाले छोपेर रेलको सिटमुनि राखिएको थियो । तिनै झोला पड्किदा उक्त रेलमा रहेका १९० जनाको ज्यान गएको थियो भने ८०० जनाजति घाइते भएका थिए ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने