काठमाडौँ, २५ भदौ । राष्ट्रिय जनमोर्चाले भारतको नयाँ दिल्लीस्थित साउदी अरबको दूतावासका कूटनीतिज्ञले दुई नेपाली महिलालाई महिनौँसम्म बन्धक बनाएर बारम्बार यौन शोषण गर्ने गरेको भनी बाहिर आएको घटनाको सम्बन्धमा कूटनीतिकस्तरमा कारबाही अगाडि बढाउन नेपाल सरकारसँग माग गरेको छ ।
जनमोर्चाका प्रवक्ता दुर्गा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै दिल्लीको गुणगाउँस्थित निजी फ्ल्याटमा बस्ने दुई नेपाली महिलामाथि भएको ज्यादती यो घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । साथै उहाँले दोषीमाथि कारबाही गर्न पनि माग गर्नुभएको छ ।
उक्त कार्यमा संलग्न व्यक्तिमाथि कूटनीतिकस्तरबाट कारबाही गराउन पहल गर्न नेपाल सरकारसँग जनमोर्चाले माग गरेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा