प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) को बैठकले असन्तुष्ट मधेस केन्द्रित दलको मागअनुसार नै वार्ताका लागि प्रक्रियालाई शुक्रबार र शनिबार दुई दिन लम्ब्याउने निर्णय गरेको हो ।
बैठकपछि एमालेका उपाध्यक्ष भीम रावलले बैठकमा संविधान लेखनको प्रक्रियालाई दुई दिन लम्ब्याएर भए पनि आन्दोलनरत असन्तुष्ट दललाई सहमतिमा ल्याउने निष्कर्ष निकालेको जानकारी दिनुभयो । तीन दलले असन्तुष्ट दलसँग वार्ताका लागि कुनै पूर्व सर्त स्वीकार नगरेको जानकारी गराउँदै उपाध्यक्ष रावलले भन्नुभयो – “वार्ताको समयपछि आइतबार बिहान ११ बजेदेखि संविधानका सबै प्रक्रिया अघि बढ्छन् ।”
प्रदेश सीमाङ्कनको विषयलाई लिएर आन्दोलित तराई–मधेस केन्द्रित दलले वार्ताका लागि संविधान लेखनको प्रक्रियालाई स्थगन गर्न माग गर्दै आएका थिए । प्रमुख दलहरुले संविधानको विधेयकमाथिको दफबार छलफल आज सम्पन्न गर्दैछन् ।
काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान लेखन प्रक्रिया र वार्ता सँगसँगै अगाडि बढाउन प्रमुख दल सहमत भएको जानकारी गराउँदै संविधानको प्रक्रियाबाट बाहिर गएका दललाई सहभागी गराउन दुई दिन प्रक्रिया लम्ब्याएको बताउनुभयो ।
संविधानसभामा दफाबार छलफल सकेर आजै शीर्ष नेताले बोलेपछि मतदानको प्रक्रिया अघि बढाउने तालिका निर्धारित थियो । शीर्ष नेताले अब आइतबार मात्रै बोल्ने सहमति भएको छ ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान लेखन प्रक्रियाबाट बाहिर रहेका दललाई प्रक्रियामा सहभागी गराउन दुई दिन प्रक्रिया स्थगन गरी वार्तालाई आजैबाट अघि बढाउन प्रयत्न गरिने बताउनुभयो ।
उहाँले संविधानको सामाजिक न्यायको धारामा समानुपातिक समावेशीको प्रावधान थप गर्ने र यसअघि वा हालसम्म कायम भएका जिल्लाको भूगोलमा पनि न्यूनतम एक निर्वाचन क्षेत्र कायम रहने गरी अन्य निर्वाचन क्षेत्रहरु समान जनसङ्ख्याका आधारमा मिलाउने भन्ने समझदारी भएको बताउनुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल