
प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्लु बोडेले आज बिदाई भेट गर्नुभयो । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्लु बोडेले बिहीबार बिदाई भेट गरेका छन् ।
भेटमा राजदूत बोडेले संयुक्त राष्ट्रसङ्घ महासभाको समयमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आयोजना गर्नुहुने शान्ति सेना पठाउने प्रमुख राष्ट्रहरुको बैठकमा प्रधानमन्त्री कोइरालालाई विशेष निमन्त्रणा दिएका छन् ।
राजदूत बोडेले राष्ट्रपति ओबामाका तर्फबाट विश्वमा शान्ति कायम राख्न नेपालले शान्ति सेना पठाएर गरेको सहयोगको प्रशंसासमेत गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले राससलाई जानकारी दिए ।
सो भेटमा प्रधानमन्त्री कोइरालाले अमेरिकाले नेपालमा रहेका भुटानी शरणार्थीको व्यवस्थापनमा गरेको सहयोगका लागि धन्यवाद दिंदै थप सहयोगको अपेक्षा गरेका थिए । साथै उनीहरुबीच नेपाल–अमेरिका सम्बन्धका साथै संविधान निर्माण प्रक्रियाका बारेमा पनि कुराकानी भएको परराष्ट्र सल्लाहकार भट्टराईले बताए ।
आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत बोडेले प्रधानमन्त्री कोइरालालाई समयमै संविधान जारी गर्न शुभकामना दिएका छन् । राजदूत बोडेले भूकम्पपछिको पुनःनिर्माणको थालनी छिट्टै होस् भन्ने कामना गर्नुहुँदै अमेरिकाले सहयोग गर्ने बताएका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते