
प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्लु बोडेले आज बिदाई भेट गर्नुभयो । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्लु बोडेले बिहीबार बिदाई भेट गरेका छन् ।
भेटमा राजदूत बोडेले संयुक्त राष्ट्रसङ्घ महासभाको समयमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आयोजना गर्नुहुने शान्ति सेना पठाउने प्रमुख राष्ट्रहरुको बैठकमा प्रधानमन्त्री कोइरालालाई विशेष निमन्त्रणा दिएका छन् ।
राजदूत बोडेले राष्ट्रपति ओबामाका तर्फबाट विश्वमा शान्ति कायम राख्न नेपालले शान्ति सेना पठाएर गरेको सहयोगको प्रशंसासमेत गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले राससलाई जानकारी दिए ।
सो भेटमा प्रधानमन्त्री कोइरालाले अमेरिकाले नेपालमा रहेका भुटानी शरणार्थीको व्यवस्थापनमा गरेको सहयोगका लागि धन्यवाद दिंदै थप सहयोगको अपेक्षा गरेका थिए । साथै उनीहरुबीच नेपाल–अमेरिका सम्बन्धका साथै संविधान निर्माण प्रक्रियाका बारेमा पनि कुराकानी भएको परराष्ट्र सल्लाहकार भट्टराईले बताए ।
आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत बोडेले प्रधानमन्त्री कोइरालालाई समयमै संविधान जारी गर्न शुभकामना दिएका छन् । राजदूत बोडेले भूकम्पपछिको पुनःनिर्माणको थालनी छिट्टै होस् भन्ने कामना गर्नुहुँदै अमेरिकाले सहयोग गर्ने बताएका थिए ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता