काठमाडौँ, २४ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही भदौ मसान्तभित्र मुलुकले नयाँ संविधान पाउने बताएका छन् ।
सभाको आजको बैठक सकिएपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले शुक्रबारकोे बैठकमा ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथिको जारी दफाबार छलफलमा शीर्ष नेतासहित कूल १० सभासद्ले भाग लिएपछि संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने जानकारी दिए ।
विधेयकमा कूल ५४ संशोधन प्रस्ताव प्रस्तुत भएका छन् । ती प्रस्ताव फिर्ता नलिइए ध्वनि मतका आधारमा स्विकृत वा अस्विकृत हुनेछ ।
असन्तुष्ट दललाई वार्तामा ल्याउन जारी प्रक्रिया रोक्ने कि भन्ने कुरा पनि सुनिन्छ नि भन्ने प्रश्नमा अध्यक्ष नेम्वाङले भने, “मलाई त्यो थाहा छैन, म आफ्नै धूनमा लागिरहेको छु, आउँदो आइतबारसम्ममा संविधान जारी गर्ने मिति स्पष्ट गरिनेछ ।” यसबीचमा शनिबार पनि बैठक चल्ने उनले बताए ।
संशोधन प्रस्तावबारे ध्वनि मतका लागि दुई दिन लाग्न सक्ने, त्यसपछि ती विषयलाई प्राविधिकरुपमा मिलाउन एक दिन सचिवालयलाई समय दिइने र त्यसपछि विधेयकको प्रत्येक धारा पारितका लागि मतदान प्रारम्भ हुनेछ । सो पारितका लागि अन्य अवरोध उत्पन्न नभएमा कम्तीमा दुई दिन लाग्ने अनुमान छ ।
बैठकबाट बाहिरिने क्रममा नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पनि अब नियमितरुपमा संविधानको प्रक्रिया सञ्चालन भई भदौभित्र संविधान जारी गरिने पत्रकारहरुलाई बताए ।
नेपाली काँग्रेसका सभासद् महेन्द्र यादवले विधेयकमा गणतन्त्र र परिवर्तनका अधिकांश मुद्दा समेटिए पनि मधेसकेन्द्रित दलले के माग राखेर आन्दोलन गरेको भन्ने स्पष्ट नभएको प्रतिक्रिया दिए ।
रासससँग कुृरा गर्दै उनले भने, “हामी पनि मधेस कै जनप्रतिनिधि हो, समावेशी तथा समानुपातिकका सवाल पनि समेटिएको छ, चित्त नबुझेका विषय पछि पनि संशोधन गर्न सकिने छ ।’
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण