काठमाडौँ, २४ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही भदौ मसान्तभित्र मुलुकले नयाँ संविधान पाउने बताएका छन् ।
सभाको आजको बैठक सकिएपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले शुक्रबारकोे बैठकमा ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथिको जारी दफाबार छलफलमा शीर्ष नेतासहित कूल १० सभासद्ले भाग लिएपछि संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने जानकारी दिए ।
विधेयकमा कूल ५४ संशोधन प्रस्ताव प्रस्तुत भएका छन् । ती प्रस्ताव फिर्ता नलिइए ध्वनि मतका आधारमा स्विकृत वा अस्विकृत हुनेछ ।
असन्तुष्ट दललाई वार्तामा ल्याउन जारी प्रक्रिया रोक्ने कि भन्ने कुरा पनि सुनिन्छ नि भन्ने प्रश्नमा अध्यक्ष नेम्वाङले भने, “मलाई त्यो थाहा छैन, म आफ्नै धूनमा लागिरहेको छु, आउँदो आइतबारसम्ममा संविधान जारी गर्ने मिति स्पष्ट गरिनेछ ।” यसबीचमा शनिबार पनि बैठक चल्ने उनले बताए ।
संशोधन प्रस्तावबारे ध्वनि मतका लागि दुई दिन लाग्न सक्ने, त्यसपछि ती विषयलाई प्राविधिकरुपमा मिलाउन एक दिन सचिवालयलाई समय दिइने र त्यसपछि विधेयकको प्रत्येक धारा पारितका लागि मतदान प्रारम्भ हुनेछ । सो पारितका लागि अन्य अवरोध उत्पन्न नभएमा कम्तीमा दुई दिन लाग्ने अनुमान छ ।
बैठकबाट बाहिरिने क्रममा नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पनि अब नियमितरुपमा संविधानको प्रक्रिया सञ्चालन भई भदौभित्र संविधान जारी गरिने पत्रकारहरुलाई बताए ।
नेपाली काँग्रेसका सभासद् महेन्द्र यादवले विधेयकमा गणतन्त्र र परिवर्तनका अधिकांश मुद्दा समेटिए पनि मधेसकेन्द्रित दलले के माग राखेर आन्दोलन गरेको भन्ने स्पष्ट नभएको प्रतिक्रिया दिए ।
रासससँग कुृरा गर्दै उनले भने, “हामी पनि मधेस कै जनप्रतिनिधि हो, समावेशी तथा समानुपातिकका सवाल पनि समेटिएको छ, चित्त नबुझेका विषय पछि पनि संशोधन गर्न सकिने छ ।’
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा