
काठमाडौँ, २४ भदौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तराईमा आन्दोलनरत दललाई वार्ताका माध्यमबाट सहमति खोज्न आग्रह गर्नुभएको छ ।
नेपाल वाणी नेटवर्क प्रालिको पाँचौ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा नेता पौडेलले संविधान निर्माण प्रक्रिया नजिकिँदै गर्दा आन्दोलनभन्दा पनि सहमतिको विकल्प नहुने बताउनुभयो । निर्माणको अन्तिम चरणमा पुगेको नयाँ संविधानले मधेसी, दलित, महिलालगायत सम्पूर्ण समुदायलाई समेटेको हुँदा सो संविधान दक्षिण एसियाकै उत्कृष्ट संविधान हुने जिकिर उहाँले गर्नुभयो ।
सो अवसरमा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जायज मागलाई वार्ताको माध्यमबाट पनि समाधान गर्न सकिने हुँदा वार्तामा आउन आन्दोलनरत मधेसी दललाई आग्रह गर्नुभयो ।
सो अवसरमा पत्रकारिता क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दैै पत्रकार ऋषि धमला, रामजी दाहाल र मुक्तिबाबु रेग्मीलाई सम्मान गरिएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते