काबुल, २४ भदौ । अफगानिस्तानका विभिन्न भू–भागमा यहाँका राष्ट्रिय सेनाको सञ्जालले गत दुई दिनभित्र गरेको आतङककारीविरुद्धको कारबाहीमा ९४ जना आतङ्ककारी मारिएको जनाइएको छ ।
सोही अवधिका छुट्टाछुट्टै ती आक्रमणहरुमा परी १२ जना सेनाले पनि ज्यान गुमाएका जानाइएको छ । अफगान गृह मन्त्रालयले विहीबार सार्वजनिक गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
तालिवान आतङ्ककारीहरुका विरुद्धमा गत ४८ घन्टायता अफगानिस्तानका १४ वटा प्रान्तमा शृङ्खलाबद्ध रुपमा जारी यस कारबाहीमा अन्य ७६ आतङ्ककारी घाइते हुनुका साथै चार जना पक्राउ परेका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस कारबाहीका क्रममा सेनाले सडक किनारमा रहेको बम र बारुदी सुरुङ्गगरी ३० वटा बम निष्क्रिय बनाएको बताइएको छ ।
तालिवान आतङ्ककारी समूहले यस आक्रमणको हालसम्म कुनै टिप्पणी भने नगरेका जनाइएको छ ।
अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारीविरुद्ध कारबाही जारी राखेका छन् ।
केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । तर कतिपय क्षेत्रमा तालिवानहरुले पनि सुरक्षाकर्मीमाथि जाइलाग्ने गरेका छन् ।
अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ । नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताए पनि युद्ध भने रोकिएको छैन ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते