काबुल, २४ भदौ । अफगानिस्तानका विभिन्न भू–भागमा यहाँका राष्ट्रिय सेनाको सञ्जालले गत दुई दिनभित्र गरेको आतङककारीविरुद्धको कारबाहीमा ९४ जना आतङ्ककारी मारिएको जनाइएको छ ।
सोही अवधिका छुट्टाछुट्टै ती आक्रमणहरुमा परी १२ जना सेनाले पनि ज्यान गुमाएका जानाइएको छ । अफगान गृह मन्त्रालयले विहीबार सार्वजनिक गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
तालिवान आतङ्ककारीहरुका विरुद्धमा गत ४८ घन्टायता अफगानिस्तानका १४ वटा प्रान्तमा शृङ्खलाबद्ध रुपमा जारी यस कारबाहीमा अन्य ७६ आतङ्ककारी घाइते हुनुका साथै चार जना पक्राउ परेका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस कारबाहीका क्रममा सेनाले सडक किनारमा रहेको बम र बारुदी सुरुङ्गगरी ३० वटा बम निष्क्रिय बनाएको बताइएको छ ।
तालिवान आतङ्ककारी समूहले यस आक्रमणको हालसम्म कुनै टिप्पणी भने नगरेका जनाइएको छ ।
अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारीविरुद्ध कारबाही जारी राखेका छन् ।
केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । तर कतिपय क्षेत्रमा तालिवानहरुले पनि सुरक्षाकर्मीमाथि जाइलाग्ने गरेका छन् ।
अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ । नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताए पनि युद्ध भने रोकिएको छैन ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते