मस्को, २४ भदौ । रसियाले आफूले सिरियामा सैनिक नपठाएको स्पष्ट गरेको छ । तर रसियाले सिरियामा सैनिक नभई अन्य सहयोग भने पठाएको जनाएको छ ।
कतिपय पश्चिमा राष्ट्रहरुले सिरियामा रसियाले सैनिक पठाएको भनी दिएको अभिव्यक्तिका विरुद्ध बिहीबार त्यसको खण्डन आएको हो ।
रसियाले सिरियामा मानवीय सहयोग तथा अन्य सैनिक सामग्रीमात्र पठाएको स्पष्ट बिहीबार गरेको राजधानी मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ ।
रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले भन्नुभयो– रसियाले सिरियमा त्यस्तो कुनै सैनिक सहयोग गरेको छैन बरु सैनिक सहायताका सामग्रीका साथै अन्य मानवीय सहायतासम्बन्धी सहयोग उपलब्ध गराइरहेको छ ।
बिहीबार मस्कोमा संवाददाताहरुसँग उहाँले सो भनाई राख्नुभएको थियो । उहाँले पश्चिामाहरुले आफ्नो देशलाई आरोपमात्र लगाउने गरेको बताउनुभयो ।
केही समयमात्र अघि संयुक्त राज्य अमेरिकाले रसियाले सिरियामा सैनिक नै पठाएको भन्दै यसबाट त्यहाँको द्वन्द्व समाधान हुने नभई झनै चर्किने बताएको थियो ।