काठमाडौँ, २४ भदौ । प्रमुख दलका शीर्ष नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई संंविधान निर्माणको प्रक्रियामा फर्कन आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा पत्र पठाई लोकतान्त्रिक विधि र प्रक्रियाप्रति पार्टीका अध्यक्ष कमल थापा र उनको पार्टीले देखाउँदै आएको प्रतिबद्धताको सराहना गर्दै नेताहरुले लामो समयदेखि नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान निर्माण होस् भनेर राखेको चाहनानुरुप संविधान निर्माणको प्रक्रिया निर्णायक चरणमा पुगेकाले त्यसमा सहभागी हुन आग्रह गरेका छन् ।
नेताहरुले संविधान निर्माणको निर्णायक घडीमा विगतदेखिको सहभागितालाई निरन्तरता दिनका लागि पार्टीले केही समय अगाडि लिएको निर्णयमा पुनःविचार हुने अपेक्षा व्यक्त गरेका छन् ।
उनीहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “संविधान निर्माणको यस ऐतिहासिक क्षणमा कुनै पनि राजनीतिक दल र सभासद्ले संविधान निर्माणको प्रक्रियाबाट आफूलाई अलग राख्नु हामी कसैको लागि पनि सुखद् हुन सक्दैन ।” पत्रमा संविधानका विषयवस्तुमा दलबीच मतभेद रहन सक्ने उल्लेख गर्दै भनिएको छ, “तर राष्ट्रियतालाई मजबुत बनाउने, जनतालाई लोकतान्त्रिक अधिकारले सम्पन्न बनाउने तथा जनताको आर्थिक सामाजिक विकास गर्ने लक्ष्यमा हामी सबै एक ठाउँमा उभिन सक्छौंँ ।”
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा