
बिहीबार राप्रपा नेपालका अध्यक्ष कमल थापासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरुको छलफलपछि निस्कँदै प्रधानमन्त्री सुशील कोइराला । तस्बिर ः रोशन सापकोटा, रासस
बुधबारदेखि संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको राप्रपा नेपालसँग तीन राजनीतिक दलले वार्ताका लागि गरेको आह्वानका आधारमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
छलफलपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन राजनीतिक दलले संविधान निर्माण प्रक्रियामा निषेध गरेको र तराईलगायतका स्थानमा आन्दोलन भइरहेको स्थितिमा संविधान जारी भए पनि त्यसले केवल द्वन्द्व निम्त्याउने देखिएकाले आफूहरु प्रक्रियाबाट बाहिरिएको बैठकलाई जानकारी गराएको बताए ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणको प्रक्रियामा सहभागी हुँदै आएका राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संविधान निर्माणको बाँकी प्रक्रियाबाट बाहिरिएकाले राप्रपा नेपालसँग छलफल गरिएको बताए ।
आफ्ना मतभेद रहे पनि त्यसलाई कायम राखेर संविधान बनाउने अभियानमा एकै ठाउँमा बस्न राप्रपा नेपालसँग आग्रह गरिएको उनले जानकारी गराए ।
राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले दलहरूसँगको वार्ता सकारात्मक भएको बताउँदै राप्रपा नेपाललाई गरिएको निषेधको राजनीति हटाउँदै तथा तराईलगायतका स्थानको जारी आन्दोलन तथा समस्याको समाधान गर्ने स्पष्ट प्रतिबद्धतासहित लिखित आह्वान गरिएमा दलको केन्द्रीय समिति बैठकबाट उचित निष्कर्षमा पुग्न सकिने बताए ।
बैठकमा राप्रपा नेपालका तर्फबाट अध्यक्ष थापा, प्रमुख सचेतक गिरी, काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललगायतको सहभागिता थियो ।
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
रहेनन् अभिनेता सुनिल थापा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते