महोत्तरी, २३ भदौ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज महोत्तरीको जलेश्वरमा भएको झडपमा परी चार जना आन्दोलनकारीको मृत्यु भएको छ ।
महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर नगरपालिकाका रोहन चौधरी, मसुवा कापर तथा अर्का एकको प्रहरीको गोली लागि मृत्यु भएको हो । उनीहरुलाई अस्पताल ल्याएपछि मृत घोषित गरिएको जिल्ला अस्पताल महोत्तरीका मेडिकल अधिकृत डा सतिश साहले जानकारी दिनुभयो ।
झडपमा परी दुई दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । त्यस्तै रेडियो मिर्चीका सञ्चारकर्मी विकास मिश्रसमेत घाइते भएका छन् । गाउँगाउँबाट हजारौँको सङ्ख्यामा मोर्चाका कार्यकर्ता प्रदर्शनका लागि जलेश्वर पुगेका थिए ।
झडपपछि तनावग्रस्त बनेको जलेश्वरको स्थितिलाई मध्यनजर राख्दै स्थानीय प्रशासनले आजै अपराह्न ४ः३० बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता