राजविराज, २३ भदौ । सप्तरीको भारदहमा प्रहरीको गोली लागी एक आन्दोलनकारीको मृत्यु भएको छ ।
आज विहान मालबाहक सवारी साधन स्कर्टिङ गरी गन्तव्यतर्फ लैजाने क्रममा आन्दोलनकारीले अवरोध गर्दा प्रहरीको गोली लागी पोतरवा–२ का ६० वर्षीय रामकृष्ण राउतको मृत्यु भएको हो ।
आन्दोलनकारीले सडकमा रुख ढालेपछि पूर्वपश्चिम राजमार्ग खुलाउन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । यस क्रममा आन्दोलनकारी र प्रहरीवीच झडप भएको र प्रहरीले दर्जनौँ सेल अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो ।
भारदहमा अहिले पनि झडप जारी छ ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता