काठमाडौँ, २३ भदौ । युवा बलर सुशील कँडेलले भर्खरै मलेसियामा सम्पन्न एसिसी यु–१९ प्रिमियर लिग क्रिकेटमा कीर्तिमानी बलिङ गरेर विश्व क्रिकेटमा आफूलाई अब्बल सावित गरे ।
मलेसियामा भएको खेलमा सुशीलले ४ खेलमा ११ विकेट लिएर आफूमा निकै प्रतिभा भएको सावितसमेत गरे । साउदी अरबविरुद्ध भने उनले १० ओभर बलिङ गर्दै ९ मेडन राखेर यु–१९ क्रिकेटमा नयाँ कीर्तिमानसमेत राखेका थिए । यसअघि भारतका गौतम दुर्गेश्वर दत्तले इङ्ग्ल्यान्डविरुद्ध सन् १९९३ मा ९ ओभरमा ७ मेडन राखेका थिए । दत्त र सुशील दुवै बायाँ हाते स्पीनरसमेत हुन् ।
यस उमेर समूहमा भने आयरल्यान्डका जर्ज डकरेलले सन् २०१२ मा विश्वकपअन्तर्गत यसै किसिमको कीर्तिमान राखेका थिए । उनले १० ओभर नै बलिङ गर्र्दै ६ ओभर मेडनको कीर्तिमान कायम गरेका थिए ।
कँडेलले बलिङको क्रममा जुन पुरानो कीर्तिमान समेतलाई तोडे त्यो उनका लागि करियरकै एक खुसीको क्षणसमेत बन्न पुग्यो । आफ्नो स्पीन बलिङबाट प्रतियोगिता भरनै उनले अफगानिस्तानका खेलाडीबाहेक सबैलाई काबुमा ल्याउने काम गरे । त्यसकै परिणाम स्वरुप नेपालले तीन पटक १०० भन्दा कम स्कोरमा समेटेको थियो ।
हाल स्पीनबाट आफ्नो जादुमयी बलिङलाई अगाडि बढाएका उनले यसअघि तीव्र गतिको बलिङ गर्थे । सुशीलले राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्रिकेट प्रशिक्षक राजु खड्काको सल्लाहमा तीव्र गतिको बलिङलाई छोड्दै स्पीन बलिङलाई रोजेका थिए, जुन सल्लाह उनलाई हाल आएर वरदान सावित भएको छ ।
यसअघि तीव्र गतिको बलिङ गर्ने गरेका उनी आफ्नो करियरमा खासै परिचित थिएनन् । स्पीन बलिङतर्फ प्रवेश गरेको एकै वर्षमा उनी यु–१९ अन्तर्गत सन् २०१२ मा अस्टे«लियामा भएको विश्वकप छनोटमा समेत २४ सदस्य टोलीमा परेका थिए । यसअघि उनी यु–१९ को राष्ट्रिय खेलमा वीरगन्जविरुद्ध एकै खेलमा पाँच विकेट लिएपछि उक्त टोलीमा परेका थिए । तथापि उनले अनुभवी सिनियर खेलाडी टोलीमा भएका कारण खेल्ने अवसर भने प्राप्त गरेनन् ।
हाल सफलताको शिखरमा अगाडि बढेका सुशील भन्छन् —मैले अझै धेरै गर्नुपर्नेछ । त्यसका लागि निकै मेहनत गर्नेछु । उनले भने “मलेसियामा राखेको उक्त कीर्तिमानको श्रेय राजु गुरुलाई दिनेछु । उहाँको कारणले यो सफलता हात पारेको हुँ ।
पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजु भन्नुहुन्छ “सुशील निकै प्रतिभावान खेलाडी हुन् । उनी मेहनती पनि छन् । त्यसैले अवसर पाएको खण्डमा उनले यो भन्दा ठूलो सफलता दिलाउन सक्छन् ।”
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते