काठमाडौँ, २२ भदौ । नेकपा (एमाले) संसदीय दलले संविधान जारी गर्ने अभियानमा दृढतापूर्वक उभिएर सहयोग गर्न सबै सभासद्लाई निर्देशन दिएको छ ।
संविधानसभा भवन नयाँबानेश्वरमा आज साँझ बसेको संसदीय दलको बैठकले संविधानसभाभित्र वा बाहिर रहेका सबै राजनीतिक दललाई बन्द हड्ताललगायत कुनै पनि कार्यक्रम सञ्चालन नगर्न अपिल गर्ने निर्णय गरेको छ ।
संसदीय दल बैठकले राजनीतिक दलहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गर्ने निर्णयसमेत गरेको छ ।
यसअघि बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सबैको चित्त बुझाएर संविधान जारी गर्ने विषय अत्यन्तै कठिन भएकाले धेरैभन्दा धेरै पक्षलाई समेटेर संविधान जारी गर्नुको विकल्प नरहेको बताएका थिए ।
उनले भने, “संविधान विधेयकको मस्यौदामा सबैको चित्त बुझ्ने कुरा सम्भव भएन, मैरै पनि कतिपय विषयमा चित्त बुझेको छैन, तर अब संविधान जारी गर्नुको विकल्प छैन ।”
संविधान जारी भएलगत्तै तराईलगायत आन्दोलनरत क्षेत्रमा गएर जनतालाई संविधानका बारेमा प्रस्ट पार्न र आन्दोलनकारीले प्रस्तुत गरेको भ्रम चिर्ने अभियानका कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उनले एमालेको अनुशासित सभासद् र कार्यकर्ताका कारण आफूले नेपाली राजनीतिमा गौरव महसुस गरेको बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते