काठमाडौँ, २२ भदौ । नेकपा (एमाले) केन्द्रीय कार्यालयको सङ्गठनात्मक संरचनालाई व्यवस्थित र पारदर्शी बनाउन पहिलो पटक कर्मचारीको आन्तरिक प्रतिस्पर्धाबाट छनोट गरिने भएको छ ।
बैठकले पार्टी कार्यालयको सञ्चालनलाई थप पारदर्शी र सहज पहुँचसहितको बनाउन केन्द्रीय सचिवालयले गठन गरेको कार्यदलले केन्द्रीय कार्यालयमा कर्मचारीलाई प्रशासन, लेखा र प्राविधिक समूहका रुपमा व्यवस्थित गर्ने र उनीहरुको सेवा तथा सुविधालाई समयानुकूल पुनरावलोकन गर्दै जाने निर्णयसहित रिक्त कर्मचारीमा आन्तरिक विज्ञापन गर्ने तय गरेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार हाललाई पार्टी केन्द्रीय कार्यालयको लेखा शाखामा काम गर्ने गरी एक लेखा अधिकृत थप गरिनेछ । उक्त पदका लागि व्यवस्थापनमा कम्तीमा स्नातक गरेको, पार्टी सदस्य भएको र उक्त कामको अनुभव भएको मापदण्ड निर्धारित गरी कार्यालयको सूचना पार्टीका विज्ञापन गरिएको छ । केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवाली संयोजक तथा सचिव भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र आर्थिक विभाग प्रमुख विष्णु रिमाल रहेको कार्यदलको आजको बैठकले सो निर्णय गरेको हो ।
योग्य उम्मेदवारको छनोटका लागि पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष पुष्प कँडेलको अध्यक्षतामा कार्यालय सचिव श्रेष्ठ र लेखाविज्ञ उमेश ढकाल रहेको छनोट समिति गठन गरिएको छ । सो व्यवस्थाले पदाधिकारी वा नेताको भनसुन तथा तजबिजीमा कार्यालयमा कर्मचारी नियुक्त हुन छैनन् ।
कार्यालयमा श्रेष्ठमातहतका उपसचिवलगायत कर्मचारी पूर्णकालीन तलबीमा कार्यरत हुन्छन् । कार्यालय सचिव श्रेष्ठले पार्टी केन्द्रका सबै गतिविधि पारदर्शी र व्यवस्थित गर्न कार्यदलले आगामी दिनमा थप निर्णय गर्ने पनि जानकारी दिनुभयो । यस्तै कार्यदलले केन्द्रीय कार्यालयबाट तलब, सुविधा र नियमित खर्च प्राप्त गर्ने कर्मचारीको बिमा गर्ने र नागरिक लगानी कोष साथै सञ्चयकोषको प्रबन्ध मिलाउने निर्णय गरेको छ ।
साथै यातायातका साधन तथा इन्धनमा पर्याप्त मितव्ययिता अपनाउने निर्णयसमेत गरिएको छ । पार्टी केन्द्रीय कार्यालयको प्रयोजनका लागि सुरक्षाकर्मी, माली, प्राविधिक सुपरभाइजर (बिजुली, पानी र प्लम्बिङसहितको काम गर्ने गरी) उपयुक्त व्यक्ति करारमा नियुक्ति गरिने भएको छ । भूकम्पको कारण क्षतिग्रस्त भएको बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भवनलाई आवश्यक प्रक्रिया पुरयाएर भत्काउने र काम लाग्ने सामाग्रीको व्यवस्थापन पनि यही कार्यदलले गर्नेछ ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो