मुस्ताङ, २२ भदौ । उपल्लो मुस्ताङको चराङ–१, मराङ गाउँमा मध्यराति हिउँचितुवा गोठमा आएर १०४ च्याङ्ग्रा मारेको छ ।
गाउँनजिकै रहेको पेमाछेतेन गुरुङको गोठमा आइतबार र सोमबार राति आएको हिउँ चितुवाले उक्त सङ्ख्यामा च्याङ्ग्रा मारेपछि पूरै बस्तीका स्थानीयवासी त्रसित बनेका छन् ।
पहिलो रातमा सात र दोस्रो रातमा ९७ वटा च्याङ्ग्रा मारेको पीडित किसान गुरुङको भनाइ छ । करिब ३०० च्याङ्ग्रा पालेका गुरुङ अधिकांश च्याङ्ग्रा मारेपछि विक्षिप्त बनेका छन् ।
“अहिलेसम्म यस्तो भएकै थिएन, दसैँतिहारलाई भनेर तयार पारेका सबै च्याङ्ग्रा मारिदियो, उनले भने – “मलाई कस्तो दैव आइलाग्यो ।” करिब पाँचवटा हिउँचितुवाको समूहले ती च्याङ्ग्रा मारेको स्थानीयवासीले अनुमान गरेका छन् ।
बिहानपख किसानको आग्रहमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्राविधिक र सीमा प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनास्थलबाट दुईवटा हिउँचितुवालाई लखेटेको थियो । स्थानीयवासीका अनुसार, राति ११ बजेपछि नजिकै रहेको जङ्गलबाट ती हिउँचितुवाका समूह आएका थिए । एक्यापले उपल्लो क्षेत्रमा विश्वबाटै दुर्लभ हुँदै गइरहेको हिउँचितुवा संरक्षणका लागि विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै आएको जनाएको छ ।
सोही कारण ती क्षेत्रमा पछिल्लो समय हिउँचितुवाको समूह देखिँदै गएको स्थानीयको भनाइ छ । एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले पीडित किसानलाई क्षतिपूर्ति दिनका लागि पहल गरिने बताए ।
उनले नगदसहित, गोठमा सोलार लाइट जडानका लागि पहल भइरहेको जानकारी दिए । “वन्यजन्तु र मानवबीचको सम्बन्ध सुधारका लागि हामीले अभियान पनि चालिरहेका छौँ” – उनले भने ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता