मुस्ताङ, २२ भदौ । उपल्लो मुस्ताङको चराङ–१, मराङ गाउँमा मध्यराति हिउँचितुवा गोठमा आएर १०४ च्याङ्ग्रा मारेको छ ।
गाउँनजिकै रहेको पेमाछेतेन गुरुङको गोठमा आइतबार र सोमबार राति आएको हिउँ चितुवाले उक्त सङ्ख्यामा च्याङ्ग्रा मारेपछि पूरै बस्तीका स्थानीयवासी त्रसित बनेका छन् ।
पहिलो रातमा सात र दोस्रो रातमा ९७ वटा च्याङ्ग्रा मारेको पीडित किसान गुरुङको भनाइ छ । करिब ३०० च्याङ्ग्रा पालेका गुरुङ अधिकांश च्याङ्ग्रा मारेपछि विक्षिप्त बनेका छन् ।
“अहिलेसम्म यस्तो भएकै थिएन, दसैँतिहारलाई भनेर तयार पारेका सबै च्याङ्ग्रा मारिदियो, उनले भने – “मलाई कस्तो दैव आइलाग्यो ।” करिब पाँचवटा हिउँचितुवाको समूहले ती च्याङ्ग्रा मारेको स्थानीयवासीले अनुमान गरेका छन् ।
बिहानपख किसानको आग्रहमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्राविधिक र सीमा प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनास्थलबाट दुईवटा हिउँचितुवालाई लखेटेको थियो । स्थानीयवासीका अनुसार, राति ११ बजेपछि नजिकै रहेको जङ्गलबाट ती हिउँचितुवाका समूह आएका थिए । एक्यापले उपल्लो क्षेत्रमा विश्वबाटै दुर्लभ हुँदै गइरहेको हिउँचितुवा संरक्षणका लागि विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै आएको जनाएको छ ।
सोही कारण ती क्षेत्रमा पछिल्लो समय हिउँचितुवाको समूह देखिँदै गएको स्थानीयको भनाइ छ । एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले पीडित किसानलाई क्षतिपूर्ति दिनका लागि पहल गरिने बताए ।
उनले नगदसहित, गोठमा सोलार लाइट जडानका लागि पहल भइरहेको जानकारी दिए । “वन्यजन्तु र मानवबीचको सम्बन्ध सुधारका लागि हामीले अभियान पनि चालिरहेका छौँ” – उनले भने ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित