काठमाडौँ, २२ भदौ । मध्यपुर युथ एसोसिएसन र मर्सी कोरको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको चौध बर्षमुनिको महिला पुरुष दुबै सहभागी मिक्स यू–१४ फुटबल भोलिदेखि मध्यपुरको मैदानमा हुने भएको छ ।
सो अवसरमा दुईदिने राष्ट्रिय युवा भेला तथा स्पोट्र्स फेस्टिबलसमेत सञ्चालन हुनेछन् । उक्त दुईदिने भेलामा मिक्स फुटबल प्रतियोगिता, फुटबल फेस्टिभल र स्किल सो, फोटो प्रदर्शनी, हाजिरीजवाफ, सडक नाटक, भिडियो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रमको आयोजना हुनेछ ।
यही भदौ २४ र २५ मा उक्त ज्याम्बोरीको आयोजना हुनेछ भने त्यसअघि भदौ २२ र २३ मा प्री ज्याम्बोरी हुनेछन् । यस भेला तथा स्पोर्ट्स फेस्टिबलमा तराईका बाढी प्रभावित क्षेत्र, पहाडका भूकम्पप्रभावित क्षेत्र र दुर्गम जिल्लाका युवा, सर्वसाधारण तथा प्रशिक्षक छनोट गरी कुल एक सयको सहभागिता गराइने आयोजकले जनाएका छन् ।
कार्यक्रमको लागत कुल रु ६ लाख ५० हजार रहेको र कार्यक्रममा विभिन्न जिल्लाका फुटबल सङ्घको सहभागिता रहेको आयोजकले बताएका छन् ।
अन्तर्राष्ट्रिय संस्था सुप्रिम कमिटी फर डेलिभरी एन्ड लेगेसीले राइट टू प्लेको सहायताबाट युवा तथा प्रशिक्षकलाई फुटबलको माध्यमबाट समाज, समुदाय र राष्ट्रलाई सचेतना जगाउने उद्देश्यका साथ भेला आयोजना गरिएको मर्सी कोरका प्रबन्धक नवीन लामिछानेले बताए । उक्त भेलामा हुने मिक्स फुटबल प्रतियोगितामा यू–१४ उमेर समूहको खेलको एक टोलीमा आठ महिला र आठ पुरुष गरी कुल १६ खेलाडी रहने मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता