
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान आवश्यक भएको भन्दै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द । तस्बिर ः अच्युत रेग्मी, रासस
काठमाडौँ, २२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुक राजनीतिक अस्थिरता अन्त्य गर्नका लागि संविधान चाँडो जारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता चन्दले मुलुकमा बस्ने सम्पूर्ण जाति समुदायका बीचमा सामाजिक सद्भाव, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता कायम गर्नुपर्नेमा जोड दिँदै देशमा विद्यमान समस्यालाई निकास दिन सबै दलका नेताहरु संवेदनशील भएर लाग्नुपर्ने बताउनुभयो ।
नेता चन्दले राप्रपामा देखिएको विवादलाई मिलाएर अगाडि बढ्न आफूले बहुमतसहितको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो –“पार्टीको महाधिवेशनमा चक्रीय प्रणालीअन्तर्गत अध्यक्षको जिम्मेवारी चलाउने निर्णय भएपनि आफ्नो समयमा पशुपतिशमशेर राणाले जिम्मेवारी लिएको र कार्यकाल सकिँदा पनि अध्यक्षको जिम्मेवारी नछाडेपछि म निर्वाचन आयोगमा गएको हुँ ।”
चन्दले केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले मात्र निष्कासन तथा कारबाही गर्न सक्ने पार्टीको विधान भएको र लामो समयदेखि सो बैठक बस्न नसकेकाले केन्द्रीय सदस्य निष्कासनको समाचार भ्रमपूर्ण भएको बताउनुभयो ।
उहाँले पार्टीको बहुमत केन्द्रीय सदस्यले हस्ताक्षर गरेर सरकारमा मन्त्री पठाएको उल्लेख गर्दै मन्त्री फिर्ता बोलाउन नसकिने स्पष्ट पार्नुभयो । चन्दले पार्टी महाधिवेशनपछि १५ महिनासम्म केन्द्रीय कार्यसमितिको बैठक बस्न नसक्नु दुःखद भएको उल्लेख गर्दै पार्टीका १०३ केन्द्रीय सदस्यमध्ये ६१ जना आफ्नो पक्षमा रहेकाले आफू नै आधिकारिक अध्यक्ष भएको दाबी गर्नुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल