सञ्चारिका समूहमा पुन ः शर्मा

सञ्चारिका समूहको छैटौं महाधिवेशन तथा १९ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, समूहका अध्यक्ष निर्मला शर्मालगायत सहभागीहरु । तस्बिर ः रोशन सापकोटा, रासस

सञ्चारिका समूहको छैटौं महाधिवेशन तथा १९ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, समूहका अध्यक्ष निर्मला शर्मालगायत सहभागीहरु । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, २१ भदौ । सञ्चारिका समूहको आज सम्पन्न छैटाँै महाधिवेशनले निर्मला शर्माको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पुनःनिर्वाचित गरेको छ ।

कुल दुई सय २४ मत खसेकामा शर्माले एक सय ३४ र उनकी प्रतिन्द्वन्द्वी सुचित्रा श्रेष्ठले ८४ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्षमा नितु पण्डित एक सय ६२, महासचिवमा कमला पन्थी एक सय ४०, सचिवमा विमला तुम्खेवा एक सय ६५ र कोषाध्यक्षमा यशोदा अधिकारी एक सय ४६ मतका साथ निर्वाचित भए ।

सदस्यमा कृति भट्टराई, अरुणा रायमाझी, ऊर्वशी बस्नेत, जया लुइँटेल, रीता तिमल्सिना, सरस्वती शर्मा, मीना पाण्डे र रुवी रौनियार निर्वाचित भएका छन् । विष्णु पन्थी र रौनियारकोे बराबर मत आएकामा गोला प्रथाबाट रौनियार विजयी भइन् ।

निर्वाचन समितिका प्रमुख वरिष्ठ अधिवक्ता सपना प्रधान मल्लले मत परिणाम घोषणा गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए ।

समूहका पुनःनिर्वाचित अध्यक्ष शर्माले संस्थालाई थप सक्रिय बनाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री