काठमाडौँ, २१ भदौ । स्थानीय बबरमहलस्थित नेपाल कला परिषद्मा शिक्षासम्बन्धी व्यङ्ग्यचित्र प्रदर्शनी आजदेखि सुरु भएको छ ।
शिक्षा पत्रकार समूह, कार्टुनिस्ट क्लब नेपाल र एलायन्स फर सोसियल डायलग (एएसडी)को संयुक्त आयोजनामा यही भदौ २३ सम्म चल्ने प्रदर्शनीमा वरिष्ठ व्यङ्ग्यचित्रकार दुर्गाप्रसाद बराल ‘वात्सायन’देखि लिएर त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमासम्मका व्यङ्ग्यचित्र समावेश छन्क ।
डा माथेमाको व्यङ्ग्यचित्रमा केही फरक उमेर र पेसाका व्यक्तिले बडेमानको मानिसलाई सकी नसकी डोलीमा बोकेर हिँडेको देखाइएको छ । विद्यार्थी, अभिभावक र शिक्षकले बोकेको महँगो शिक्षाको भारीलाई कार्टुनले प्रस्ट्याउन खोजेको हो । त्यस्तै वात्सायनले वृद्ध विज्ञान शिक्षकलाई बोकेर कक्षामा ल्याइरहेको देखाएर शिक्षामा सुधार नभएको सन्देश दिन खोजेका छन् ।
प्रदर्शनीमा नयाँ र पुराना गरी २६ व्यङ्ग्यचित्रकारले बनाएका करिब ५५ व्यङ्ग्यचित्र राखिएका छन् । जीवन राजोपाध्याय, वासु क्षितिज, अशोकमान सिंह, रवीन सायमी, खोकना, उमेशचन्द्र अधिकारी, अविन श्रेष्ठ, देवेन्द्र थुम्केली, केशवराज खनाल, भानु भट्टराई, आरके थापा, रवीन्द्र मानन्धर, कृष्णगोपाल श्रेष्ठ, दीपक गौतम, रवि मिश्र, हिमालय गौतम, सागर शाह, राजेश मानन्धर, शैलेश गुरुङ, उत्तम नेपाल, अकृन, देव कोइमी, योगेशकुमार खपाङ्गी तथा सुदर्शन सिग्देलका शिक्षासम्बन्धी जनही एकदेखि तीन वटासम्म व्यङ्ग्यचित्र हेर्न पाइन्छ ।
प्रदर्शनी उद्घाटन गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले व्यङ्ग्यचित्रले समाजलाई सजिलै प्रभावित गर्ने भएकाले यसलाई शिक्षाको माध्यम बनाउन व्यङ्ग्यचित्रकारलाई आग्रह गरे ।
डा माथेमाले शिक्षा क्षेत्रसँगै समग्र क्षेत्रको सुधार गर्न देशलाई प्रशस्त ‘कार्टुनिस्ट’ र ‘कमेडियन’ चाहिएको बतए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले प्रतिष्ठानमा व्यङ्ग्यकला पनि समावेश गराएकाले आगामी दिनमा यो क्षेत्रमा प्रतियोगिता गर्दै पुरस्कारको व्यवस्था गरिने जानकारी दिए ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने