सोल (दक्षिण कोरिया), २० भदौ । दक्षिण कोरियाको दक्षिणी सामुद्रिक तटमा भएको एक डुङ्गा दुर्घटनामा १० जनाको मृत्यु भएको आइतबार यहाँका अधिकारीले जनाएका छन् ।
माछा मार्न सामुद्रिक यात्रामा हिँडेका दक्षिण कोरियाली नागरिकमध्ये ८ जना बेपत्ता भएको समेत जनाइएको छ ।
दुर्घटनाबाट समुद्रमा फसेका ३ जना अन्यको घटनास्थलबाट उद्धार गरी अस्पताल पुरयाइएको छ उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको तटीय सुरक्षा अधिकारीले आफ्नो नाम नबताउने सर्तमा बताए ।
दुर्घटनास्थल वरिपरी दर्जनौँ डुङ्गाद्वारा हराएका यात्रुलाई जीवितै उद्धार गर्ने आसामा खोजी कार्य भइरहेको छ ।
डल्फिन नामक ९.८ टन वजन भएको डुङ्गाको अर्को डुङ्गासँग शनिबार सञ्चार टुटेपछि खोजी सुरु भएको थियो ।
आइतबार बिहान उक्त डुङ्गालाई जेजुटापु नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटाएको उद्धारकार्यमा संलग्न अधिकारीले जनाएका छन् ।
दुर्घटनाबाट बाँच्न सफल माछा पालन क्षेत्रमा लगाइएका जालीले डुङ्गालाई अल्झाएपछि यसले नियन्त्रण गुमाएको र समुद्रमा पल्टिएको बताए ।
तर सरकारी अधिकारीले भने दुर्घटनाको कारण अझै थाहा हुन नसकेको बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते