सोल (दक्षिण कोरिया), २० भदौ । दक्षिण कोरियाको दक्षिणी सामुद्रिक तटमा भएको एक डुङ्गा दुर्घटनामा १० जनाको मृत्यु भएको आइतबार यहाँका अधिकारीले जनाएका छन् ।
माछा मार्न सामुद्रिक यात्रामा हिँडेका दक्षिण कोरियाली नागरिकमध्ये ८ जना बेपत्ता भएको समेत जनाइएको छ ।
दुर्घटनाबाट समुद्रमा फसेका ३ जना अन्यको घटनास्थलबाट उद्धार गरी अस्पताल पुरयाइएको छ उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको तटीय सुरक्षा अधिकारीले आफ्नो नाम नबताउने सर्तमा बताए ।
दुर्घटनास्थल वरिपरी दर्जनौँ डुङ्गाद्वारा हराएका यात्रुलाई जीवितै उद्धार गर्ने आसामा खोजी कार्य भइरहेको छ ।
डल्फिन नामक ९.८ टन वजन भएको डुङ्गाको अर्को डुङ्गासँग शनिबार सञ्चार टुटेपछि खोजी सुरु भएको थियो ।
आइतबार बिहान उक्त डुङ्गालाई जेजुटापु नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटाएको उद्धारकार्यमा संलग्न अधिकारीले जनाएका छन् ।
दुर्घटनाबाट बाँच्न सफल माछा पालन क्षेत्रमा लगाइएका जालीले डुङ्गालाई अल्झाएपछि यसले नियन्त्रण गुमाएको र समुद्रमा पल्टिएको बताए ।
तर सरकारी अधिकारीले भने दुर्घटनाको कारण अझै थाहा हुन नसकेको बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा