
काठमाडौँ, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बहुमत केन्द्रीय सदस्यले पार्टी अध्यक्ष पशुपतिशमशेर राणालाई हटाई लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाएको घोषणा गरेका छन् ।
राप्रपाका १०३ केन्द्रीय सदस्यमध्ये ६१ जना बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आज निर्वाचन आयोगमा चन्दलाई अध्यक्ष बनाइएको जानकारी सो पक्षले दिएको छ ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा चन्दले अब पार्टीको अध्यक्ष आफू भएको घोषणा गर्दै राणा अध्यक्षबाट हटेको जिकिर गर्नुभयो ।
चन्दले भन्नुभयो – “एक वर्षदेखि पार्टी केन्द्रीय समितिको बैठक बोलाइएको थिएन, पजनी शैलीमा सदस्य बढुवा–घटुवा गर्ने कार्य भइरहेको थियो । पार्टीको बृहत्तर एकताका लागि हामीले यो कदम चालेका हौँ ।”
उहाँले यो फुट नभई एकता भएको जनाउँदै पार्टी थप सशक्त भएर अघि बढ्ने बताउनुभयो ।
उहाँले यस अघिको एकता महाधिवेशनपछि पार्टीले राष्ट्रिय उचाइ लिने विश्वास विपरीत वैचारिक दृष्टिकोण र प्रक्रिया उपेक्षा गरेर निवर्तमान अध्यक्ष राणाले पार्टीलाई धराशायी बनाएको आरोप लगाउनुभयो ।
उहाँले केन्द्रीय समिति, भ्रातृ सङ्गठन कुनै निकायको बैठक नगरी विधानको उल्लङ्घन गर्दै जिल्ला सभापति नियुक्ति र बर्खास्ती गर्ने कार्य नेतृत्वले गरी पार्टीलाई ध्वस्त बनाएकोे टिप्पणी गर्नुभयो ।
नयाँ बन्ने संविधानमा राष्ट्रिय एकतासहितको सङ्घीयता, विभिन्न भाषा र संस्कृतिको सशक्तीकरण, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन सर्वधर्म सापेक्ष राष्ट्रका रुपमा पहिचान दिनुपर्ने पार्टीको माग रहेको उहाँले जानकारी दिनुभयो ।
पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले बृहत्तर हित र एकता हुने गरी आजको निर्णय भएको बताउनुभयो ।
विसं. २०४६ पछि सो पार्टी विभिन्न चरणमा फुट र एकताबाट गुज्रिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते