काठमाडौँ, २० भदौ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध र सुसंस्कृत तुल्याउन शोषणरहित र भेदभावमुक्त समाज निर्माणको आवश्यकता औँल्याइएको छ ।
व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा सहभागी सांसदले छुवाछूत, विभेद, शोषण र कुप्रथाजस्ता विकृतिलाई सबै मिलेर समाजबाट समाप्त पार्न सक्ने बताए ।
आवश्यक परेको खण्डमा परिवारमा समेत हस्तक्षेप गरेर मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गर्न सक्ने समितिको भूमिकालाई शोषणरहित समाज निर्माणमा सदुपयोग गर्न सक्नुपर्छ भन्दै उनीहरुले परिबन्दले झ्यालखानाभित्र रहन बाध्य निर्दाेष नागरिकलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेमा पनि समिति बोल्न आवश्यक रहेको धारणा राखे ।
आन्दोलनका नाममा कैलालीको टीकापुरमा गत साता भएको घटनालाई सुनियोजित हत्याकाण्डको सङ्ज्ञा दिँदै बैठकमा केही सांसदले सत्य निरुपण तथा बेपत्ता नागरिक छानबिन आयोगले हालसम्म गरेको कामको प्रगतिबारे जानकारी लिने र आयोगलाई सहयोग पुरयाउनेतर्फ पनि समितिले ध्यान पुरयाउनुपर्ने बताए ।
बैठकमा पेस गर्ने भनिएको कैलाली घटनाको प्रतिवेदन तयार भइनसकेकाले बैठक विविध विषयमा छलफल गरेर टुङ्गिएको थियो ।
बैठकमा खुल्ला कारागार गर्ने विषयमा छलफल भएको थियो भने जानकी मेडिकल कलेजमा देखिएका अनियमिताको विषयले पनि प्रवेश पाएको थियो ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु