लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ सर्वसम्मत भएका छन् । शनिवार व्लु अर्किड रेन्टुरेन्टमा भएको सर्वपक्षीय भेलाले नाटकीय सहमति गरेको हो । सहमति अनुसार उपाध्यक्ष पदलाई २ बाट बढाएर ४ बनाइएको छ । जसमा अध्यक्षका उम्मेदवारहरू हिराधन राई र योगकुमार फगामी तथा उपाध्यक्षका उम्मेदवार दासुराम पाण्डे र उपाध्यक्षमा दाबी गरेका तर मतदाता नामावलीमै नाम नरहेका राष्ट्र राईलाई उपाध्यक्ष बनाइएको छ ।
महिला उपाध्यक्ष पनि एकबाट दुई बनाउँदै दुवै उम्मेदवारहरू कुमारी गुरुङ र शान्ति थापा कुँवरलाई ल्याइएको छ ।
त्यसैगरी महासचिवमा विजयविक्रम लिङदेन सर्वसम्मत भएका छन् । महासचिवका अर्का प्रत्यासी खुशीमान लिम्बुलाई प्रवक्तामा झारिएको छ ।
सहमहासचिव पद सिर्जना गर्दै अर्जुन कटुवाललाई ल्याइएको छ । यसअघि, सचिवमा कृष्ण तिवारी (निर्विरोध) भैसकेका थिए । तर, अनपेक्षित सहमतिमा फडिन्द्र भट्टराई र बुद्धिराम थापालाई थपिएको छ । यसअघि निर्विरोध भएका कोषाध्यक्ष दीपक श्रेष्ठको मुनि रहने गरी उपाध्यक्षका उम्मेदवार ललित न्यौपानेलाई सहकोषाध्यक्ष राखिएको छ ।
निर्विरोध भएका युवा संयोजक हरिकृष्ण आचार्यको मातहतमा युवा उपसंयोजक पद सिर्जना गर्दै रिचर्ड गुरुङलाई ल्याइएको छ । यसअघि महिला संयोजक शुशिला राई निर्विरोध भैसकेकी छिन् ।
अध्यक्षका प्रत्यासी विश्वासदीप तिगेलालाई आइसिसी सदस्यमा लगिएको छ । योसँगै आइसिसीमा बेलायतबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको संख्या पाँच पुगेको छ । जसमा कृष्ण तिमिल्सेना, संगीता मरहट्ठा, सुस्मा राई र पशुपति भण्डारी छन् । त्यस्तै कल्पना आङवुहाङलाई सल्लाहकारमा राख्ने सहमति भएको छ । सहमतिमै च्यारेटी विभाग प्रमुख पद सिर्जना गरी उपाध्यक्ष पदका उम्मेदवार सनत गुरुङलाई जिम्मा दिइएको छ ।
एनआरएनए युकेका प्रवक्ता कटुवालले सहमतिको प्रस्ताव कार्यसमिति सहितको सर्वपक्षिय भेलामा राखेका थिए । नयाँ परिस्थिति सिर्जनासँगै एनअारएन युकेको विधान संसोधन गर्नुपर्नेछ । उक्त सहमतिलाई कार्यसमितिले यसअघि गठित निर्वाचन समिति समक्ष पेश गर्नेछ ।
सदस्यहरुमा सुरज मास्के, पद्म रावल, नारायण पौडेल, यमबहादुर घले, क प्रसाद छन्त्याल, सालिकराम सापकोटा, राजेश पाठक, मिन रानाभाट र मिलन गुरुङ निर्विरोध निर्वाचित भैसकेका छन् ।
अनपेक्षित सहमतिसँगै एनअारएन युकेमा पदको दाबी गर्ने सबैलाई पद प्राप्त भएको छ । तर यस किसिमको सहमतिले एनअारएन युकेमा कस्तो नजिर र परम्परा स्थापित गराउने हो त्यो भने वर्तमान कार्यसमितिको कार्यले नै देखाउने छ ।
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ