
एनआरएनए जापानको निर्वाचन आइतबार
टोकियो (जापान), १९ भदौ । अधिवेशनपछि निष्क्रिय रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएन) जापानको आगामी दुई वर्षका लागि आइतबार हुने निर्वाचनमा उपाध्यक्षमा एक महिलासहित पाँच, अध्यक्षमा तीन र बाँकी सबैमा दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्षमा चिरञ्जीवी थापा, सुदन थापा र नरबहादुर थापाबीच भिडन्त हुने भएको छ । तीन उपाध्यक्षका लागि एक्ली महिला सङ्गीता अधिकारीसहित देवीलाल भण्डारी, ऋद्धिन्द्र गिरी, तासी लामा र टङ्क गैरेबीच निर्वाचन हुँदैछ ।
दुईवर्षे कार्यकालका लागि हुने एनआरएन जापानको कोषाध्यक्षमा दीपक थापा र प्रेम कँडेल तथा महासचिवका लागि अनुज थापा र सरोज खत्री लड्दै छन् । त्यस्तै एक सचिवका लागि बुद्धिराज घिमिरे र विष्णुप्रसाद घिमिरेबीच भिडन्त हुने भएको छ ।
डा नेत्रप्रसाद भण्डारीको संयोजकत्वमा गठित निर्वाचन समितिले मतदातालाई निर्वाचनमा सहभागिताका लागि तोकिएको मतदाता केन्द्रमा आवासीय कार्डका साथ जापानी समयानुसार बिहान १० बजेदेखि बेलुका ५ः३० बजेसम्म उपस्थिति जनाउन आग्रह गरेको छ ।
मतदान जापानका १२ स्थानमा एकैसाथ हुने छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जापानमा अध्ययन, रोजगार र व्यावसायिक प्रवेशाज्ञा भएका ४२ हजार ६०० नेपालीमध्ये चार हजार ३०० ले मात्र सदस्यता लिएका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’