काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’मा कीर्तिमान कायम गरेका चन्द्रबहादुर डाँगीको उपचारका क्रममा अमेरिकामा निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।
प्रधानमन्त्री कोइरालाले आज विज्ञप्ति प्रकाशन गरी उनको दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा स्वजनप्रति समवेदना व्यक्त गरेका छन् ।
होचो शारीरिक कदको अग्लो विश्व कीर्तिमान लिएर डाँगीले नेपालको झन्डा विश्वमा फहराउँदै फैलाएको नेपालको कीर्तिमान चिरकालसम्म रहने विश्वास उनले व्यक्त गरे ।
“उहाँको सो कीर्तिमानले अस्वाभाविक शारीरिक कद, अपाङ्गता र अन्य समस्या रहेकाहरुसहित सबै नेपालीलाई उच्च मनोबल, नैतिकता, इमान्दारी, साहस र धैर्यका साथ कर्ममा समर्पित भएमा सबैले आफ्नो व्यक्तित्व विकास गरी राष्ट्रको कीर्ति फैलाएर मुलुकका लागि योगदान पुरयाउन सकिने रहेछ भन्ने सन्देश दिएको छ”–विज्ञप्तिमा भनिएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा