
माग सम्बोधन नभएसम्म सङ्घर्ष जारी – अध्यक्ष यादव
गोलबजार (सिरहा), १८ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, थारु, जनजाति, दलित, मुस्लिमलगायतका उत्पीडित समुदायको माग सम्बोधन नभएसम्म सङ्घर्ष जारी रहने बताएका छन् ।
सिरहाको लहानमा आज आयोजित मधेस मुक्ति महाकुम्भलाई सम्बोधन गर्दै अध्यक्ष यादवले चार दलले गरेको प्रदेशको सीमाङ्कन मधेसी जनताले स्वीकार्य नहुने बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले विगतमा सरकारले मधेसीसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सिरहाले आयोजना गरेको कार्यक्रममा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, सङ्घीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष विजयकुमार यादव, सोही पार्टीका सभासद् डा वीरेन्द्र महतो, सद्भावना पार्टीका केन्द्रीय सदस्य राजु गुप्तालगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति