
गोलबजार (सिरहा), १८ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, थारु, जनजाति, दलित, मुस्लिमलगायतका उत्पीडित समुदायको माग सम्बोधन नभएसम्म सङ्घर्ष जारी रहने बताएका छन् ।
सिरहाको लहानमा आज आयोजित मधेस मुक्ति महाकुम्भलाई सम्बोधन गर्दै अध्यक्ष यादवले चार दलले गरेको प्रदेशको सीमाङ्कन मधेसी जनताले स्वीकार्य नहुने बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले विगतमा सरकारले मधेसीसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सिरहाले आयोजना गरेको कार्यक्रममा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, सङ्घीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष विजयकुमार यादव, सोही पार्टीका सभासद् डा वीरेन्द्र महतो, सद्भावना पार्टीका केन्द्रीय सदस्य राजु गुप्तालगायतले सम्बोधन गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते