
काठमाडौँ, १८ भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको मुम्बई उडान सुरु गरेको छ ।
निगमको एयरबस ए ३२० लुम्बिनीले काठमाडौँबाट ५२ यात्रु बोकेर अपराह्न २ः०० बजे मुम्बईतर्फ उडान भरेको हो । यसअघि सन् २००५ मा निगमले जहाज अभाव भएको भन्दै काठमाडौँ–मुम्बई उडान बन्द गरेको थियो ।
निगमको पछिल्लो दुई गन्तव्य उडान थप भएसँगै सात गन्तव्य पुगेका छन्, जसमा भारतका नयाँ दिल्ली, मुम्बई र बैंग्लोर, हङ्कङ, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर र कतारको दोहा छन् ।
पछिल्लो समय निगमले नयाँ एयर बस भित्र्याएपछि मुम्बई उडान सुरु गरिएको हो । सुरुमा साताको दुई दिन सोमबार र शुक्रबार उडान भर्ने निगमले जनाएको छ ।
मुम्बईका लागि निगमले प्रवद्र्धनात्मक भाडादर करसहित दुईतर्फी भाडा रु २० हजार तोकेको निगम संस्थागत विभागका कामु उपनिर्देशक शैलेश कंसाकारले राससलाई जानकारी दिनुभयो ।
सुरुमा साताको दुई दिन मुम्बई उडान सुरु गरेको निगमले पछि सातामा तीन पटक सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तयारी गरिरहेको छ ।
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक