मोर्चा कार्यकर्ताको ढुङ्गा प्रहारबाट एक सर्वसाधारणको मृत्यु

नेपालगन्ज, १८ भदौ । प्रदेश सीमाङ्कनको विरोधमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताको ढुङ्गा प्रहारबाट बाँके जिल्ला नौवस्ता गाविस–२ का २२ वर्षीय करन सिंहको मृत्यु भएको छ ।

नेपालगन्जबाट कोहलपुर जाने क्रममा पूर्व–पश्चिम राजमार्ग सडकखण्डको गनापुर पिप्रहवानजिक आन्दोलनकारीको ढुङ्गा प्रहारपछि मोटरसाइकलबाट लडेका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी गराए ।

प्रहरीका अनुसार भे५प ४२५० नम्बरको मोटरसाइकलमा सवारमध्ये २३ वर्षीय विनोद शाही सख्त घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनाका दोषीको आशङ्कामा दुई जना मोर्चाका कार्यकर्तालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री