नेपालगन्ज, १८ भदौ । प्रदेश सीमाङ्कनको विरोधमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताको ढुङ्गा प्रहारबाट बाँके जिल्ला नौवस्ता गाविस–२ का २२ वर्षीय करन सिंहको मृत्यु भएको छ ।
नेपालगन्जबाट कोहलपुर जाने क्रममा पूर्व–पश्चिम राजमार्ग सडकखण्डको गनापुर पिप्रहवानजिक आन्दोलनकारीको ढुङ्गा प्रहारपछि मोटरसाइकलबाट लडेका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी गराए ।
प्रहरीका अनुसार भे५प ४२५० नम्बरको मोटरसाइकलमा सवारमध्ये २३ वर्षीय विनोद शाही सख्त घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले घटनाका दोषीको आशङ्कामा दुई जना मोर्चाका कार्यकर्तालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता