काठमाडौँ, १८ भदौ । सर्वोच्च अदालतले कैलालीलगायत जिल्लामा स्थानीयस्तरमा प्रजिअलाई सेनासँग सहयोग लिन सक्ने अधिकारसंवैधानिक भएको ठहर गरेको छ ।
न्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रजिअले सेनासँग सहयोग लिन सक्ने व्यवस्था अन्तरिम संविधान २०६३ सँग नबाझिएको जनाएको छ ।
अधिवक्ताद्वय रोशनकुमार झा र यमकुमार योन्जनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयलगायतलाई विपक्षी बनाई स्थानीयस्तरमा सेनाको सहयोग लिन सक्ने व्यवस्था संविधानसँग बाझिएको जिकिर गर्दै यही भदौ १५ गत रिट निवेदन दर्ता गर्नुभएको थियो ।
अदालतले लामो समयदेखि रहेकोे उक्त प्रावधान संविधान विपरीत नभएको ठहर गर्दै आज निवेदन खारेज गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को ६ ख को उपदफा (१) को (झ)मा स्थानीयस्तरमा ‘शान्ति कायम गराउनका लागि आवश्यक देखेमा सेनाको सहयोग लिने’ भन्ने व्यवस्था छ । त्यस्तै संविधानको धारा १४४ को उपधारा (३) मा नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन कानुनबमोजिम मन्त्रिरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने प्रावधान छ ।
कैलालीलगायत जिल्लामा सेना परिचालन गर्नु संविधान विपरीत भएको जिकिर गरी यसअघि पनि एउटा निवेदन दायर भएकामा अदालतले खारेज गरेको थियो ।
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग