काठमाडौँ, १७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान निर्माणको प्रक्रिया रोकेर भएपनि अधिकतम् सहमतिका लागि आन्दोलनरत पक्षसँग वार्ता गर्न माग गरेको छ ।
पार्टीले आज केन्द्रीय कार्यालय चावहिलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वार्ताका लागि मध्यस्थकर्ता खोजेर पनि नयाँ सम्झौता गरिनुपर्ने अध्यक्ष पशुपतिशम्शेर राणाले बताए । उनले भने, “पूर्ववर्ती सरकारले परस्पर बाझिने सम्झौता गरेकाले स्थिति बिग्रिएको हो, यसलाई मिलाउन वार्ता गरी समस्याको समाधान गरिनुपर्छ ।”
मुलुकले एकथान संविधान मात्र नभई सदियौँदेखि उत्पीडनमा परेका वर्गको मुक्ति हुने संविधान खोजेकाले त्यस दिशामा अघि बढ्न पार्टीले ठूला दलहरुलाई आग्रह गरेको छ ।
मधेस र थारुहटको मागलाई सम्बोधन गरी मधेसमा दुई प्रदेशको व्यवस्था गर्न माग गरिएको प्रवक्ता ठाकुरप्रसाद शर्माले बताए । “संविधान घोषणाको तयारीमा रहेका बेला सबै पक्षले सामाजिक सद्भाव, मेलमिलाप र एकता कायम राख्न आ–आफ्ना स्थानबाट सहयोगका लागि अपिल गर्दछौँ,” प्रवक्ता शर्माको भनाइ थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते