नेपालगन्ज, १७ भदौ । बाँके जिल्लाको कोहलपुर नगरपालिकाबाट प्रकाशन प्रसारण हुंदै आएको पत्रिका र रेडियो एफएम बन्द गरिएका छन् ।
सीमाङ्कनको विरोधमा २३ दिनदेखि निरन्तर जिल्ला बन्द गर्दै आएका संयुक्त थरुहट मधेस सङ्घर्ष समितिका नेता कार्यकर्ताले त्यहाँबाट प्रकाशन हुने ‘मिसन टुडे’ दैनिकका सम्पादक प्रकाशक विनोद पौडेलमाथि समाचारको विषयलाई लिएर हातपात गरेपछि सबै सञ्चार संस्था बन्द गर्ने निर्णय गरिएको हो ।
बुधबार प्रकाशित समाचारमा ‘बन्दकर्ताले साँझ ५ बजेदेखि बिहान ०६ः०० बजेसम्म यातायात सञ्चालन गर्न दिएको’ आशयको समाचार प्रकाशन भएको आक्रोशमा बन्दकर्ता समूहले सम्पादक पौडेलमाथि हातपात गरेका थियो । त्यसैगरी आन्दोलनकारीले त्यहाँको ‘प्रतिबोध एफएम’लाई पनि सोही आशयको समाचार प्रसारण गरेको आक्षेप लगाएर एफएम र पत्रकार पूजन विश्वकर्मालाई जलाउने धम्की दिएको पीडितले बताएका छन् ।
यसैबीच आज नेपाल पत्रकार महासङ्घ क्षेत्रीय समितिका तर्फबाट संयोजक झलक गैरे र जिल्ला अध्यक्ष रुद्र सुवेदीले प्रेस विज्ञप्ति प्रकाशन गरी घटनाका दोषीमाथि कानुनअनुसार कारबाहीको माग गर्नुभएको छ । त्यसैगरी महासङ्घका तर्फबाट घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी पनि दिइएको छ । कोहलपुरमा हाल पाँच दैनिक पत्रिका र दुई एफएम सञ्चालनमा छन् ।
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]