जनकपुरधाम, १७ भदौ । जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालका लागि जनकपुरका केही भागमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
जनकपुरमा तनाब बढेपछि स्थानीय प्रशासनले सरकारी कार्यालयलाई लक्षित गरी केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
स्थानीय मुरलीचोकदेखि कदमचोकसम्म, स्वर्गद्वारीस्थित भूतनाथ मन्दिरदेखि जिल्ला अदालत जाने बाटो र उत्तीमपुरस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयदेखि आन्तरिक राजस्व कार्यालय जानेबाटोलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
कसैले निषेधित क्षेत्र तोडे गोलीसमेत प्रहार गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।
बीरगन्जमा निषेधाज्ञाको समय घटेपछि जनजीवन सामान्य
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगर क्षेत्रमा लगाएको निषेधाज्ञाको समय घटाएपछि जनजीवन केही सामान्य बनेको छ ।
निषेधाज्ञाको समय घटाएसँगै वीरगन्जमा सर्वसाधारणको चहलपहल एक्कासी बढेको देखिएको छ । स्थानीय प्रशासनले वीरगन्जमा आज साँझ ५ बजेदेखि ७ बजेसम्म निषेधाज्ञा फुकुवा गरेपछि जनजीवन सामान्य बनेको हो ।
निषेधाज्ञाको समय छोट्याउँदै स्थानीय प्रशासनले वीरगन्जमा आज साँझ ७ बजेपछि पुनः अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा यथावत राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज धिमिरेले बताए ।
सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलहरूले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाका कारण चार दिनदेखि पर्साको जनजीवन अत्यन्त कष्टकर बनेको थियो ।
त्यस्तै १९ दिनदेखिको लगातार बजार, पसल, यातायात, कलकारखाना, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा