जनकपुरधाम, १७ भदौ । जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालका लागि जनकपुरका केही भागमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
जनकपुरमा तनाब बढेपछि स्थानीय प्रशासनले सरकारी कार्यालयलाई लक्षित गरी केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
स्थानीय मुरलीचोकदेखि कदमचोकसम्म, स्वर्गद्वारीस्थित भूतनाथ मन्दिरदेखि जिल्ला अदालत जाने बाटो र उत्तीमपुरस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयदेखि आन्तरिक राजस्व कार्यालय जानेबाटोलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
कसैले निषेधित क्षेत्र तोडे गोलीसमेत प्रहार गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।
बीरगन्जमा निषेधाज्ञाको समय घटेपछि जनजीवन सामान्य
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगर क्षेत्रमा लगाएको निषेधाज्ञाको समय घटाएपछि जनजीवन केही सामान्य बनेको छ ।
निषेधाज्ञाको समय घटाएसँगै वीरगन्जमा सर्वसाधारणको चहलपहल एक्कासी बढेको देखिएको छ । स्थानीय प्रशासनले वीरगन्जमा आज साँझ ५ बजेदेखि ७ बजेसम्म निषेधाज्ञा फुकुवा गरेपछि जनजीवन सामान्य बनेको हो ।
निषेधाज्ञाको समय छोट्याउँदै स्थानीय प्रशासनले वीरगन्जमा आज साँझ ७ बजेपछि पुनः अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा यथावत राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज धिमिरेले बताए ।
सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलहरूले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाका कारण चार दिनदेखि पर्साको जनजीवन अत्यन्त कष्टकर बनेको थियो ।
त्यस्तै १९ दिनदेखिको लगातार बजार, पसल, यातायात, कलकारखाना, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित