
उन्नाइस दिनको बन्दले जनजीवन अत्यन्तै कष्टकर

सरकारी सम्पत्तीको क्षती ः वीरगन्जको मातपोत चौकमा मङ्गलबार प्रदर्शनकारीले जलाएको नापी कार्यालयको वाहन । तस्बिर ः बिजय कुमार महतो रासस
गौशाला, १६ भदौ । विगत १९ दिनदेखि जारी अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।
बन्दको कारण खाद्यवस्तु, पेट्रोलियम पदार्थ र औषधि अभावसमेत सिर्जना भएको छ ।
जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन पूर्णरुपमा ठप्प रहेको छ भने हाटबजार, कलकारखाना, उद्योगधन्दा, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सबै प्रभावित भएका छन् ।
बन्दका कारण जिल्लामा खाद्य सङ्कट उत्पन्न हुन थालेको छ भने लुकाइछिपाइ बिक्री गरिने खाद्यवस्तु र पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । त्यस्तै जिल्लामा बाहिरबाट आवश्यक औषधिसमेत आउन छाडेपछि विरामीहरु थप मर्कामा परेका छन् ।
बन्दको मारमा सबभन्दा बढी दैनिक रोजगारी गरेर जीवनयापन गर्ने मजदुर परेका छन् । उनीहरुले कति दिनदेखि पेटभरि खान नपाएका गुनासो समेत गरेका छन् । सहर बजारमा बस्नेले बजार खुल्ला नभएका कारण पैसा भएर पनि आवश्यक वस्तु खरिद गर्न सकेका छैनन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति