
आन्दोलनकारीले प्रहरी बिट जलाए
गौशाला, १६ भदौ । बिहानैदेखि नारा जुलुस र प्रहरीमाथि ढुङ्गामुढा गर्दै आन्दोलन चर्काउँदै गएका महोत्तरीका आन्दोलनकारीले आज दिउँसो सदरमुकाम जलेश्वरको जिरोमाइलमा अवस्थित प्रहरी बिटमा आगजनी गरेका छन् ।
पचास बढी सङ्ख्यामा गएका आन्दोलनकारीले जलेश्वरको वडा नं ४ स्थित जिरोमाइलमा रहेको नेपाल प्रहरीको बिटलाई पल्टाउँदै बिटमा आगजनी गरी ध्वस्त बनाएका छन् ।
चारैतिरबाट काठ र माथिबाट जस्तापाताले बनाइएको प्रहरी बिटमा आन्दोलनकारीले पेट्रोल छर्कदैँ आगजनी गरी नष्ट बनाएका हुन् ।
साथै सो बिटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुङ्गामुढा गर्दै प्रहरीलाई धपाएको समेत आन्दोलनकारीले जनाएका छन् ।
यता प्रहरी उपरीक्षक सौरभ राणाले प्रहरी बिट खाली रहेका बेला आन्दोलनकारीले बिटमा आगजनी गरेको बताउनुभयो ।
विगत १९ दिनदेखि चर्किदै गएको आन्दोलनले महोत्तरीमा मङ्गलबारदेखि उग्ररुप लिएको छ भने अहिले सदरमुकाम जलेश्वरको अवस्था तनाबग्रस्त बनेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई