गौशाला, १६ भदौ । बिहानैदेखि नारा जुलुस र प्रहरीमाथि ढुङ्गामुढा गर्दै आन्दोलन चर्काउँदै गएका महोत्तरीका आन्दोलनकारीले आज दिउँसो सदरमुकाम जलेश्वरको जिरोमाइलमा अवस्थित प्रहरी बिटमा आगजनी गरेका छन् ।
पचास बढी सङ्ख्यामा गएका आन्दोलनकारीले जलेश्वरको वडा नं ४ स्थित जिरोमाइलमा रहेको नेपाल प्रहरीको बिटलाई पल्टाउँदै बिटमा आगजनी गरी ध्वस्त बनाएका छन् ।
चारैतिरबाट काठ र माथिबाट जस्तापाताले बनाइएको प्रहरी बिटमा आन्दोलनकारीले पेट्रोल छर्कदैँ आगजनी गरी नष्ट बनाएका हुन् ।
साथै सो बिटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुङ्गामुढा गर्दै प्रहरीलाई धपाएको समेत आन्दोलनकारीले जनाएका छन् ।
यता प्रहरी उपरीक्षक सौरभ राणाले प्रहरी बिट खाली रहेका बेला आन्दोलनकारीले बिटमा आगजनी गरेको बताउनुभयो ।
विगत १९ दिनदेखि चर्किदै गएको आन्दोलनले महोत्तरीमा मङ्गलबारदेखि उग्ररुप लिएको छ भने अहिले सदरमुकाम जलेश्वरको अवस्था तनाबग्रस्त बनेको छ ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ