काठमाडौँ, १५ भदौ । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन भएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा मंगलबार सम्पन्न बैठकले महाधिवेशनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको बैठकपछि पार्टीका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । “संविधानका संशोधन गर्ने विषयलाई चार दलमा छलफल गरी दुई तिहाइ आउने गरेर शीर्ष नेतृत्वले छलफल गर्ने छ”उनले बताए ।
नेता पौडेलका अनुसार पार्टीबाट व्यक्ति व्यक्तिले संविधानको मस्यौदामा संशोधन राख्ने छैनन् । अन्तरिम संविधान संशोधन गर्ने सम्बन्धमा प्रक्रियाका आधारमा गरिने उनले जानकारी गराए । देशभर भएका घटनाप्रति चिन्ता व्यक्त गर्दै बैठकले वार्ताद्वारा समस्याको समाधान गर्न आग्रह गरेको छ । पार्टीका कार्यकर्तालाई पनि सामाजिक सद्भाव तथा शान्ति कायम गर्न बैठकले आह्वान गरेको पौडेलले बताउनुभयो । रासस
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते