काठमाडौँ १५ भदौ । मलेसियामा जारी १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले आज कुबेतविरुद्धको खेलमा ८३ रनको जित हात पारेको छ ।
मलेसियाको किनरारा आभेल मैदानमा भएको खेलमा नेपालले कुवेतसामु निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा २५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याएको कुवेतले निर्धारित ओभर नै खेल्दै ९ विकेट गुमाएर १६७ रन मात्र जोडेपछि नेपालको जित सुनिश्चित भएको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले खराब सुुरुआत गर्दै ओपनरद्वय सुनिल धमला (११) रन र आशिष धामीलाई (४) रनमा गुमायो । नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले ९१ बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गर्दै ८५ रनको योगदान दिए । त्यस्तै सौरभ खनाल (७३), प्रेम तामाङ (२३) र र कप्तान राजु रिजालले (१५) रन जोडे । सौरभले आर्स वर्कत अलीको बलमा आउट हुनुअघि एक सय १५ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।
कुवेतको बलिङतर्फ ६ ओभर बलिङ गरेका मोहम्मद फौजीले ३४ रन खर्चने क्रममा १ मेडन राख्दै सर्वाधिक ३ विकेट लिए । त्यस्तै शाहरुख क्युडिसले २ र अब्दुल तुफिल तथा आर्स वर्कतले समान एक एक विकेट हात पारे ।
ब्याटिङतर्फ कुवेतका मोहम्मद मिजान अलीले अविजित ८५ रनको योगदान दिए । उनले एक सय १२ बल खेल्दै ६ चौका र तीन छक्का प्रहार गरे । अन्यमा मुस्ताक अहमदले २२ तथा एलन थोमस र विलास ताहिरले समान १३–१३ रन जोड्दा नोमन बुदरोले १२ रन जोडे ।
नेपालको बलिङतर्फ सुशील कँडेल र प्रेम तामाङले समान २–२ विकेट लिए । त्यस्तै दीपेन्द्र र आरिफ शेखले एक एक विकेट हात पारे ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय