वीरगन्ज, १५ भदौ । प्रदर्शनकारी र प्रहरीबीच आज बिहानदेखि पटकपटक भइरहेको झडपका कारण यहाको जनजीवन बिहानैदेखि त्रसित बनेको छ ।
वीरगन्जको विभिन्न ठाउमा भइरहेको प्रदर्शनका क्रममा गण्डक चोकमा भएको झडपमा प्रहरीले प्रहार गरेको गोलीबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय दिपेश पटेल र सन्दीप पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घाइतेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कफ्र्यु (निषेधाज्ञा)को अवज्ञा गर्दै प्रदर्शनकारीले प्रदर्शन गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन वीरगन्जको गण्डक चोकमा आज बिहान सुरक्षाकर्मीले चलाएको गोली लागेर ती दुवै घाइते भएको हो ।
कफ्र्युको अवज्ञा गर्दै प्रदर्शनकारीले बिहानैदेखि वीरगन्जको गण्डक चोक, लक्ष्मणवा चोकलगायत सहरका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले विभिन्न नारा लगाउदै सुरक्षाकर्मी माथि ढुङ्गामुढा गरिरहेका छन् ।
सोमबार दिउँसोदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्ली चोक, राधेमाई चोक र रानीघाटलगायत सहरका विभिन्न भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको पटकपटकको झडपपछि वीरगन्ज तनावग्रस्त बनेका छन् ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले सोमबार ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु जारी गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते