
काठमाडौँ, १५ भदौ । नेपाली काँग्रेसले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि पार्टीका तर्फबाट संस्थागत रुपमा मात्र संशोधन प्रस्ताव राख्ने भएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा पार्टी सभापति सुशील कोइरालाको सभापतित्वमा आज बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी गराउनुभयो ।
पार्टीबाट प्रस्तुत गरिने संशोधन तय गर्नका लागि पार्टी संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठको संयोजकत्वमा आनन्दप्रसाद ढुङ्गाना र रमेश लेखक सदस्य रहनुभएको कार्यदल गठन गरिएको उहाँले जानकारी गराउनुभयो ।
बैठकमा संविधान निर्माण र पार्टी महाधिवेशनको कार्यतालिका सँगसँगै भएकाले पार्टी महाधिवेशनको कार्यतालिका परिवर्तन गरिनुपर्ने कुरा उठेको प्रवक्ता बडूले जानकारी गराउनुभयो ।
संविधान निर्माणको प्रक्रियालाई कार्यतालिका अनुसार नै अघि बढाउन पार्टीको महाधिवेशनको समय अरु छ महिना थप्नुपर्ने भएको उहाँले बताउनुभयो ।
बैठकमा संविधान जारी हुने समयसीमा लम्बिँदै गएका कारण पार्टीको महाधिवेशन पनि अनिश्चित बन्दै गएको र समयमा महाधिवेशन नहुँदा पार्टीको वैधानिकतामाथि उठ्नसक्ने प्रश्नको समाधानका लागि अन्तरिम संविधानमा नै संशोधन गर्नुपर्ने धारणा राखिएको थियो ।
बैठकमा बोल्ने अधिकांश नेताले संसद्को चालु अधिवेशनबाट तत्काल अन्तरिम संविधान संशोधन प्रस्ताव दर्ता गर्न नेकपा (एमाले), एनेकपा (माओवादी) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)सँग वार्ता गरी अघि बढ्नुपर्ने राय दिनुभएको बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी गराउनुभयो ।
उपसभापति पौडेलले संविधानको परिमार्जित विधेयकमाथि विभिन्न १२ वटा विषयमा संशोधन गर्नुपर्ने भएका कारण प्रमुख चारदलबीचको सहमतिका आधारमा संयुक्त संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने विषयमा बैठकमा छलफल भएको थियो ।
उहाँले बैठकमा सकभर सबै विषयमा र नभए कति विषयमा सकिन्छ चारदल, तीनदल वा दुईदल बीचकै सहमतिमा संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने धारणा आएको बताउनुभयो ।
संविधानको प्रस्तावना, धर्म निरपेक्षता, थ्रेसहोल्ड, संवैधानिक निकायका पदाधिकारीहरुको सुनुवाइ, बागलुङ र रुकुम जिल्ला नटुक्र्याउने, जिल्लाको अधिकार क्षेत्र, सेना परिचालनको व्यवस्था, अर्धन्यायिक अदालतको बन्दोबस्त, विधेयक स्वीकृतिमा राष्ट्रपतिको भूमिका, स्थानीय तहको ऐनमा देखिएका संवैधानिक विवाद, सर्वोच्च अदालतको सुनुवाइ गर्ने, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष अलगअलग दल वा एउटै दलको हुनेलगायत १२ वटा विषयमा संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने भएको पौडेलको भनाइ छ ।
बैठकमा उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत सातजनाले मात्रै आफ्नो राय राखेका थिए ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’