
सोलुखुम्बु, १५ भदौ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण यस जिल्लामा करोडौँको क्षति भएको छ ।
आइतबार मध्यराति गएको पहिरोले जिल्लाको नेचाबतासे–७ को एक घर बगाउनुका साथै ११ घरपरिवार पूर्ण रुपमा विस्थापित भएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो । सो गाउँमा १७ माउ भैँसीसहित गाईबाख्रा, बाच्छाबाच्छीसमेत गरी ४० वटाभन्दा बढी चौपाया बगाएको स्थानीयवासीले बताएका छन् ।
सयौँ रोपनीमा लगाइएको अन्नबाली पनि पहिरोले बगाएको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार त्यहाँ करोडौँको क्षति भएको छ ।
यस्तै, सोही राति सल्यान नेचाबतासे– ७ कै सीमामा रहेको सल्यान– ५ मा गएको पहिरोले पनि एक घर बगाउनुका साथै २३ घर परिवार जोखिममा परिदिएको छ । यहाँ पनि दुईवटा भैँसीसहित सयौँ रोपनीमा लगाइएको अन्नबाली क्षति भएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो । दुवै बस्तीको सिमाना रहेको खहरे खोलामा एक्कासि आएको बाढीले आसपासमा पहिरोसमेत थपिएर सो क्षति भएको प्रहरीले जनाएको छ ।
सोही राति जिल्लाकै बुङ गाविसमा रहेको भुवाखोलामा बाढीसँगै पहिरो जाँदा स्थानीय चारवटा घर पूर्ण क्षति हुनाका साथै पाँच घर विस्थापित भएका छन् ।
किसानको गोठसँगै बुङमा तीनवटा भैँसी, दुईवटा गाई र तीनवटा गोरुसमेत बगाएको जनाइएको छ । त्यहाँ पनि ठूलो क्षेत्रफलमा लगाइएको अन्नबाली बगाएको र घटनास्थलमा प्रहरी पुगी आवश्यक उद्धार तथा राहतको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । बुङको भुवाखोलामा रहेको ८८ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको कुलो बगाउँदा ९०० भन्दा बढी घरपरिवार अन्धकारमा परेका छन् ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’