
सोलुखुम्बु, १५ भदौ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण यस जिल्लामा करोडौँको क्षति भएको छ ।
आइतबार मध्यराति गएको पहिरोले जिल्लाको नेचाबतासे–७ को एक घर बगाउनुका साथै ११ घरपरिवार पूर्ण रुपमा विस्थापित भएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो । सो गाउँमा १७ माउ भैँसीसहित गाईबाख्रा, बाच्छाबाच्छीसमेत गरी ४० वटाभन्दा बढी चौपाया बगाएको स्थानीयवासीले बताएका छन् ।
सयौँ रोपनीमा लगाइएको अन्नबाली पनि पहिरोले बगाएको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार त्यहाँ करोडौँको क्षति भएको छ ।
यस्तै, सोही राति सल्यान नेचाबतासे– ७ कै सीमामा रहेको सल्यान– ५ मा गएको पहिरोले पनि एक घर बगाउनुका साथै २३ घर परिवार जोखिममा परिदिएको छ । यहाँ पनि दुईवटा भैँसीसहित सयौँ रोपनीमा लगाइएको अन्नबाली क्षति भएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो । दुवै बस्तीको सिमाना रहेको खहरे खोलामा एक्कासि आएको बाढीले आसपासमा पहिरोसमेत थपिएर सो क्षति भएको प्रहरीले जनाएको छ ।
सोही राति जिल्लाकै बुङ गाविसमा रहेको भुवाखोलामा बाढीसँगै पहिरो जाँदा स्थानीय चारवटा घर पूर्ण क्षति हुनाका साथै पाँच घर विस्थापित भएका छन् ।
किसानको गोठसँगै बुङमा तीनवटा भैँसी, दुईवटा गाई र तीनवटा गोरुसमेत बगाएको जनाइएको छ । त्यहाँ पनि ठूलो क्षेत्रफलमा लगाइएको अन्नबाली बगाएको र घटनास्थलमा प्रहरी पुगी आवश्यक उद्धार तथा राहतको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । बुङको भुवाखोलामा रहेको ८८ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको कुलो बगाउँदा ९०० भन्दा बढी घरपरिवार अन्धकारमा परेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा