काठमाडौँ, १४ भदौ । आव २०७१, ७२ मा राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारणमा गत वर्षको सोही अवधिको तुलनामा १३.७३ प्रतिशतले वृद्धि भएको छ ।
अर्थमन्त्री डा रामशरण महतको उपस्थितिमा आव २०७१, ७२ को आजको वार्षिक समीक्षा बैठकले राजस्व सङ्कलनमा प्रगति हासिल गरेको जनाएको हो । आव २०७१, ७२ का लागि रु चार खर्ब २२ अर्ब ९० करोड राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारण गरिएकामा रु चार खर्ब पाँच अर्ब ८४ लाख राजस्व सङ्कलन गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कुल राजस्व सङ्कलनमध्ये कर राजस्वबापत रु तीन खर्ब ५५ अर्ब ९४ करोड २९ लाख र गैरकर राजस्वतर्फ रु ४९ अर्ब ९० करोड ३५ लाख सङ्कलन भएको छ, जुन कुल राजस्व सङ्कलनको क्रमशः ८८.३२ प्रतिशत र ११.६८ प्रतिशत रहेको छ ।
आव २०७१, ७२ मा मुख्य शीर्षकको वार्षिक राजस्व अवस्थालाई विश्लेषण गर्दा मूल्य अभिवृद्धि करको योगदान २७.६९ प्रतिशत, भन्सार महसुलको योगदान १८.४० प्रतिशत, आयकरको योगदान २१.८० प्रतिशत तथा अन्तःशुल्कको अंश १३.१९ प्रतिशत र गैरकर राजस्वको अंश १२.३० प्रतिशत रहेको छ ।
सोही आव २०७१, ७२ मा भन्सार महसुल रु ८० अर्ब ६६ करोड ९२ लाख सङ्कलन भएकामा सोही आवमा रु ७४ अर्ब ६७ करोड १० लाख सङ्कलन भई १० प्रतिशतको वृद्धिदर कायम भएको छ । त्यस्तै आव २०७१, ७२ मा मूल्य अभिवृद्धि कर रु १२१ अर्ब ७३ करोड सात लाख सङ्कलन भएकामा सोही आवमा रु एक खर्ब १२ अर्ब ३७ करोड ७३ लाख सङ्कलन भई १२.३० प्रतिशतको वृद्धिदर कायम भएको छ ।
सो अवसरमा विभागीय प्रमुख र काठमाडौँ उपत्यकास्थित कार्यालयका प्रमुखलाई निर्देशन दिँदै अर्थमन्त्री डा महतले मूल्य अभिवृद्धिकरतर्फ बिलिङलाई प्रभावकारी बनाउन, इलेक्ट्रोनिक क्यास मेसिनको कार्यान्वयन गर्न र भन्सार मूल्याङ्कनमा सुधार गरी करदाता शिक्षामा जोड दिन आग्रह गरे । सो अवसरमा राष्ट्रिय योजना अयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले राजस्व सङ्कलनका लागि सकारात्मक सन्देश प्रवाह हुनुपर्ने र कर सहभागिताका लागि सरल पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए । अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले कार्य क्षमता अभिवृद्धि गरी राजस्व सङ्कलनमा लक्ष्य हासिल गर्न विभागीय प्रमुख तथा कार्यालय प्रमुखलाई निर्देशन दिए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]