काठमाडौँ, १४ भदौ । आव २०७१, ७२ मा राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारणमा गत वर्षको सोही अवधिको तुलनामा १३.७३ प्रतिशतले वृद्धि भएको छ ।
अर्थमन्त्री डा रामशरण महतको उपस्थितिमा आव २०७१, ७२ को आजको वार्षिक समीक्षा बैठकले राजस्व सङ्कलनमा प्रगति हासिल गरेको जनाएको हो । आव २०७१, ७२ का लागि रु चार खर्ब २२ अर्ब ९० करोड राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारण गरिएकामा रु चार खर्ब पाँच अर्ब ८४ लाख राजस्व सङ्कलन गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कुल राजस्व सङ्कलनमध्ये कर राजस्वबापत रु तीन खर्ब ५५ अर्ब ९४ करोड २९ लाख र गैरकर राजस्वतर्फ रु ४९ अर्ब ९० करोड ३५ लाख सङ्कलन भएको छ, जुन कुल राजस्व सङ्कलनको क्रमशः ८८.३२ प्रतिशत र ११.६८ प्रतिशत रहेको छ ।
आव २०७१, ७२ मा मुख्य शीर्षकको वार्षिक राजस्व अवस्थालाई विश्लेषण गर्दा मूल्य अभिवृद्धि करको योगदान २७.६९ प्रतिशत, भन्सार महसुलको योगदान १८.४० प्रतिशत, आयकरको योगदान २१.८० प्रतिशत तथा अन्तःशुल्कको अंश १३.१९ प्रतिशत र गैरकर राजस्वको अंश १२.३० प्रतिशत रहेको छ ।
सोही आव २०७१, ७२ मा भन्सार महसुल रु ८० अर्ब ६६ करोड ९२ लाख सङ्कलन भएकामा सोही आवमा रु ७४ अर्ब ६७ करोड १० लाख सङ्कलन भई १० प्रतिशतको वृद्धिदर कायम भएको छ । त्यस्तै आव २०७१, ७२ मा मूल्य अभिवृद्धि कर रु १२१ अर्ब ७३ करोड सात लाख सङ्कलन भएकामा सोही आवमा रु एक खर्ब १२ अर्ब ३७ करोड ७३ लाख सङ्कलन भई १२.३० प्रतिशतको वृद्धिदर कायम भएको छ ।
सो अवसरमा विभागीय प्रमुख र काठमाडौँ उपत्यकास्थित कार्यालयका प्रमुखलाई निर्देशन दिँदै अर्थमन्त्री डा महतले मूल्य अभिवृद्धिकरतर्फ बिलिङलाई प्रभावकारी बनाउन, इलेक्ट्रोनिक क्यास मेसिनको कार्यान्वयन गर्न र भन्सार मूल्याङ्कनमा सुधार गरी करदाता शिक्षामा जोड दिन आग्रह गरे । सो अवसरमा राष्ट्रिय योजना अयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले राजस्व सङ्कलनका लागि सकारात्मक सन्देश प्रवाह हुनुपर्ने र कर सहभागिताका लागि सरल पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए । अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले कार्य क्षमता अभिवृद्धि गरी राजस्व सङ्कलनमा लक्ष्य हासिल गर्न विभागीय प्रमुख तथा कार्यालय प्रमुखलाई निर्देशन दिए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित